पर्सा- पटेर्वासुगौली गाउँपालिका १ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ।
बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारी विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका प्रतिस्पर्धी सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिए।
अन्सारीले ४९० र दर्जीले ३०५ मत हासिल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।