बारा- बाराको जितपुर सिमरा उपमहानगरपालिकामा प्रमुख तीन दलबीच प्रतिस्पर्धा देखिएको छ।
स्थानीय तहको जारी मतगणना अनुसार प्रारम्भिक नतिजामा कांग्रेस, एमाले र माओवादीले बराबर मत पाएका छन्।
मेयरमा कांग्रेस र एमाले उम्मेदवारले ७५ मत पाएका छन्। माओवादी मेयरको ७२ मत ल्याएका छन्।
प्रदेश २ मा एक महानगर, तीन उपमहानगर र ७३ नगरपालिका छन्।
वीरगञ्ज महानगरमा मत गणना सुरु हुन सकेको छैन। जनकपुर उपमहानगरमा पनि विवादपछि गणना सुरु भएको छैन। बाराकै कलैया उपमहानगरको गणना नतिजा आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।