काठमाडौं- प्रदेश २ का ८ जिल्लामा रहेका १३६ स्थानीय तहमध्ये ७० स्थानीय तहको मतगणना भइरहेको छ।
संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार सोमबार रातिबाट अहिलेसम्म ७० तहमा मतगणना भइरहेको हो। बाँकी ६६ स्थानमा पनि छिट्टै सर्वदलीय बैठक राखेर मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए। प्रारम्भिक मतगणना कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच प्रतिस्पर्धा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।