काठमाडौं- प्रदेश २ मा मंगलबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ।
प्रारम्भिक मतगणना अनुसार माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ। माओवादी सिरहाको कर्जन्या नगरपालिका १ र धनुषाको गणेशमान चारनाथ नगरपलिकाको वडा नम्बर ११ मा विजय हासिल गरेको हो।
प्रारम्भिक नतिजामा कांग्रेसले धेरै स्थानमा अग्रता लिएको छ। कांग्रेसलाई माओवादी केन्द्र र संघीय समाजवादी फोरमले पछ्याइरहेका छन्। स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमाले भने प्रारम्भिक गणनामा अघि आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।