काठमाडौं– एएफसी यू–१६ च्याम्पिनसिप २०१८ अन्तर्गत समूह ‘डी’ को छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले रोशन राना मगरको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेको हो।
नेपाली टिममा गत महिना साफ यू–१६ च्याम्पियनसिप खेलेका खेलाडीको बाहुल्यता छ। गत महिना काठमाडौंमा भएको च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो। फाइनलमा नेपाललाई भारतले हराएका थियो।
बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘डी’ मा छ। यो समूहमा इराक, भारत र प्यालेस्टाइन छन्। समूहमा शीर्ष हुने टिम एएफसी यू–१६ च्याम्पियनसिपमा छनोट हुनेछ। राम्रो नजिता निकाल्ने दोस्रो टिमको पनि छनोटको संभावना हुनेछ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छनोटमा नेपालले ४ असोजमा इराकसँग, ६ असोजमा भारतसँग र ८ असोजमा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टिम
गोलकिपर – विशाल सुनार, सिद्धान्त थापामगर, रोहित कार्की
डिफेन्डर – रोशन दोङ, रन्दिप पौडेल, दीपक भन्डारा, असिम गुरुङ, सुवास कार्की, सञ्जिव अर्याल, पुकार खड्का
मिडफिल्डर – रोशन रानामगर (कप्तान), शेराब लो तामाङ, सौगात खवास, सन्जु श्रेष्ठ, कार्लाेस बखरिया, असोक किंरिङ मगर, अन्जल महर्जन, दर्शन गुरुङ
फरवार्ड – अभिषेक श्रेष्ठ, बृजेश चौधरी, आकाश बुढामगर, रञ्जन पुन, निशान रावल
प्रमुख प्रशिक्षक – सुनिलकुमार श्रेष्ठ
सहायक प्रशिक्षक – सनोज श्रेष्ठ
गोलकिपर प्रशिक्षक – विकास मल्ल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।