buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मातृभूमिमा समृद्धि, कर्मभूमिमा संस्कृति

64x64
नेपाल लाइभ शुक्रबार, असोज २४, २०७६  १५:२८
1140x725

विश्वव्यापीकरणको प्रभाव र अत्याधुनिक प्राविधिक विकासले संसारको पूर्वी कुनादेखि पश्चिमको कुनै कन्दरालाई केवल एक सेकेन्डले जोडिदिएको छ। तीव्रतर आर्थिक विकास र प्रविधिमा आएको विशाल परिवर्तनले विश्वलाई एउटा घरजस्तै बनाइदिएको छ। संसारकै अग्लो चुचुरोदेखि समुद्रको सतहसम्मका हरेक व्यक्तिलाई पछिल्लो विश्वको लोभलाग्दो विकासले जोडिदिएको छ। नेपाल र नेपाली पनि विश्वभरिबाट आएको विकासको लहरमा एकाकार हुँदै छरिँदै छौँ। विकास र समृद्धिका अनेक आयामलाई बुझ्दै र प्रयोग गर्दै जाँदा विश्वका धेरैजसो देशमा नेपालीहरुको उपस्थिति भइसकेको छ।

तर बाजले धेरै टाढाको उडान लगाए पनि अन्ततः साँझमा बास बस्न आफ्नै घरमा फर्किएजस्तै हामी जोसुकै जहाँ पुगे पनि मातृभूमि नेपाल फर्किन्छौं, फर्किनै पर्छ। गैरआवासीय नेपाली संघ एनआरएनएमा आबद्ध हजारौं साथीहरुका साथ हामी आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौंमा एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन गर्दैछौँ। यही विश्व सम्मेलनमार्फत मातृभूमि नेपालको समृद्धि र विकासका लागि नवीन सन्देश दिँदै छौँ। विश्वभरिका नेपालीलाई समृद्ध नेपाल र सुखी नेपाली अभियानमा जोडेर मुलुकको समग्र आर्थिक परिवर्तनमा हिस्सेदार बन्न प्रण पनि गरिने छ।

मातृभूमि प्रतिको दायित्व
भनिन्छ, जन्म दिने आमा र आफू जन्मेको धर्ती प्राणभन्दा प्यारो हुन्छ। वास्तवमै स्वदेशबाट केही टाढा बसेर हेर्दा आफ्नो जन्मभूमि प्रतिको प्रेमबोध ज्यादै अथाह हुन्छ। हामी कुनै न कुनै रुपमा नेपाल आमाप्रतिको आफ्नो दायित्व पूरा गर्दै छौँ, पूरा गर्ने प्रयत्नमा लागिरहेका छौँ। यही प्रयत्नका लागि सन् २००३ मा गैरआवासीय नेपाली संघको स्थापना भएको हो। संस्थापक अध्यक्ष उपेन्द्र महतोको प्रेरक प्रयासबाट नै गैरआवासीय नेपाली संघ स्थापना हुन सफल भएको हो। उहाँकै कर्मपथलाई अझ परिष्कृत गर्दै संघलाई अघि बढाउने,  क्रियाशील बनाउनुपर्ने दायित्व हाम्रो काँधमा आइपुगेको छ।

बाजले  जति  टाढाको उडान लगाए पनि अन्ततः साँझमा बास बस्न आफ्नै घर फर्किएजस्तै हामी जोसुकै, जहाँ पुगे पनि मातृभूमि नेपाल फर्किन्छौं, फर्किनै पर्छ।

हाम्रा अग्रजहरु संस्थापक अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, शेष घले तथा वर्तमान अध्यक्ष भवन भट्टज्यूले गर्नुभएका प्रयासहरुलाई सम्मान गर्दै उहाँहरुकै सल्लाह, सुझाव र मार्गनिर्देशनमा संघलाई अघि बढाउनुपर्ने दायित्व हामीमाझ आइपुगेको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद् र ८१ वटा देशमा रहेका राष्ट्रिय समन्वय परिषद्लाई अझै कार्यमूलक र सक्रिय बनाएर नेपालमा संविधान निर्माणपछिको आर्थिक समृद्धि र विकासको राष्ट्रिय दायित्व पूरा गर्नेतर्फ लाग्न नवौं विश्व सम्मेलनबाट विस्तृत कार्ययोजना पारित गर्नु पर्ने छ। विश्वभरिका गैरआवासीय नेपालीहरुबाट प्राप्त सुझावका आधारमा यसको ड्राफ्ट तयार गरिएको छ। अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दा नै प्रस्तुत १० बुँदे कार्यक्रमीय योजनामा यस विषयमा प्रष्ट पारेको छु। र, प्रतिबद्धता पत्रमार्फत यसको विस्तृत रुप आएको छ।

अहिलेकै मोडालिटी कि रुपान्तरण?
गैरआवासीय नेपालीहरुको हक–अधिकारका पक्षमा अभियान सञ्चालन गरिरहँदा समयानुकूल रुपान्तरणका सवालमा पनि बहस भइरहेको छ। मुख्य प्रश्न– अहिलेकै मोडालिटी कि रुपान्तरण भन्ने हो। गैरआवासीय नेपालीको सञ्जाल विश्वव्यापी रुपमा अघि बढिसकेको सन्दर्भमा अहिलेको मोडालिटीलाई अवश्य नै परिमार्जन गर्नुपर्ने सुझाव अग्रजहरुबाट पाएको छु। नवीन संरचना, परिवर्तित र सान्दर्भिक एजेन्डा, दूरगामी लक्ष्य निर्धारण र एकआपसमा सहकार्य नै गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउँदै नेपालको समृद्धिसँग जोड्ने माध्यम बन्न सक्छन्।

मुद्दाका सवालमा पनि हामीले प्रष्ट हुनुपर्छ। देश अनुसारका मुद्दा र बहस अलग हुन्छन्। अमेरिका, अस्ट्रेलिया, युरोपमा गैरआवासीय नेपाली नागरिकताको मुद्दा बहसको केन्द्रमा छ। साथै सम्पत्तिको अधिकारका विषयमा पनि चासो व्यक्त भइरहेको छ। खाडी र मलेसियामा वैदेशिक रोजगारका मुद्दा छन्। गैरआवासीय नेपाली नागरिकताको प्रसंगमा राहदानीको विषय पनि जोडिएको छ। खाडी राष्ट्रहरु र मलेसियासँगै साइप्रस, पोर्चुगलजस्ता देशहरुमा वैदेशिक रोजगारका मुद्दा छन्। साइप्रसमा दोहोरो श्रम स्वीकृतिको सवाललाई सम्बोधन गर्न पहल गर्नु छ। मध्यपूर्वको वैदेशिक रोजगारलाई व्यवस्थित गर्न अझै धेरै काम गर्नुपर्ने छ।

यी सबै सवालहरुलाई सम्बोधन गर्न रुपान्तरित एजेन्डा, बहस, नयाँ मोडालिटी र त्यसलाई कार्यान्वयन गर्ने सामर्थ्य बोकेको नेतृत्व चाहिन्छ। नेतृत्वले सोही बमोजिमको टिम निर्माण गर्नुपर्छ। पूर्वअध्यक्षहरु र गैरआवासीय नेपालीका पक्षमा संघर्षरत सबै अग्रज अभियन्ताहरुसँगको सल्लाहमा गैरआवासीय नेपाली संघलाई नयाँ जोश र मोडालिटीका साथ लैजाने दायित्व हामीमाझ आइपुगेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

लगानीमैत्री वातावरण निर्माण
लगानीकर्ताहरुको ध्येय लगानीमात्रै हुँदैन। त्यो लगानीबाट आर्थिक वा सामाजिक प्रतिफल खोजेकै हुन्छ। गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्दा ठूलो नाफा गर्छु भन्ने अपेक्षा राखेकै हुँदैनन्। मातृभूमि, जन्मभूमिको सेवा होस् त्यसवापत लगानीको न्यूनतम प्रतिफल प्राप्त होस् भन्ने अपेक्षा हुन्छ। किनभने एक जना व्यक्तिले विदेशमा बसेर १०, १२ घण्टा काम गरेर जुटाएको जेथाबाट आफूलाई न्यूनतम प्रतिफल चाहिँ प्राप्त होस् भन्ने भावना हुन्छ नै। तर नेपालमा गैरआवासीय नेपालीहरुलाई लगानी गर्ने वातावरण सिर्जना भएको छैन।

गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्दा ठूलो नाफा गर्छु भन्ने अपेक्षा राखेकै हुँदैनन्। मातृभूमि, जन्मभूमिको सेवा होस् त्यसवापत लगानीको न्यूनतम प्रतिफल प्राप्त होस् भन्ने अपेक्षा हुन्छ।

नेपाल सरकारसँग लगानी र व्यापार नीति आकर्षक, व्यवस्थित र समयसामेक्ष बनाउनु पर्छ। सरकारले नीतिगत सुधार गरेमा नेपालमा लगानी गर्न इच्छुकहरुलाई विश्वस्त बनाउने आधार तयार हुन्छ। यसको पहिलो शर्त नै नेपालमा लगानीमैत्री वातावरण निर्माण हुनु हो। सरकारको सानो पहल नेपालमा लगानी भित्र्याउनका लागि ठूलो कोशेढुङ्गा सावित हुन सक्छ। प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सवालमा रहेको द्विविधालाई चिरेर मुलुकको बृहत्तर हितका पक्षमा निर्णय लिन अब ढिला गर्नु हुँदैन। साथै गैरआवासीय नेपालीको सम्पत्तिको अधिकारका सवालमा रहेको समस्या पनि तत्कालै निराकरण गरेर अघि बढेमा प्रवासमा रहेका ६० लाखभन्दा धेरै नेपाली सरकारप्रति अनुग्रहित हुने छन् र नेपालको विकास र समृद्धिका लागि पहलकदमी लिन प्रेरित हुने छन्।

म अहिले स्मरण गर्न चाहन्छु, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जीवा लामिछाने लन्डन जानुभएको थियो। हामीले सामूहिक लगानीसम्बन्धी अवधारणाको पहिलो कार्यक्रम बेलायतमै गरेका हौँ। एनआरएनए राष्ट्रिय समन्वय परिषद् बेलायतको अध्यक्ष थिएँ म। हामीले १० लाख पाउन्ड अर्थात् करिब १४ करोड रुपैयाँ बेलायतबाट उठायौं। त्यो समयमा एक हजार जनाले लगानी गर्नुभयो। यो एउटा महत्वपूर्ण पहल थियो। साँच्चै नै विश्वभरिका गैरआवासीय नेपालीहरुलाई लगानीका लागि उत्साहित गर्ने र प्रोत्साहन गर्ने अवधारणा ल्याउन सके नेपाल राष्ट्रको समृद्धि र विकासका लागि नयाँ मार्ग खुल्ने छ।

गत मार्च महिनामा काठमाडौँमा आयोजित लगानी सम्मेलनमा मैले पनि भाग लिने मौका पाएको थिएँ। सम्मेलनमा नेपाल सरकार तथा गैरआवासीय नेपाली संघबीच दस अर्ब रुपैयाँको एनआरएन लगानी कोष स्थापना गर्ने बारेमा एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। अब सबै गैरआवासीय नेपालीहरुले आफूले दु:ख गरेर कमाएको रकम लगानी गर्न पाउनेगरी सो कोषलाई अगाडि बढाउन आवश्यक छ।

जहाँ बसे पनि हामी नेपाली हौँ। नेपाली भाषा, भेष, साहित्य, संस्कृति, कला हाम्रा पहिचान हुन्। तर प्रवासमा नेपाली भाषा, साहित्य, संस्कृति र कलाको सम्वर्द्धन तथा प्रवर्द्धन गर्न अझै धेरै काम गर्न बाँकी छ।

पर्यटन वर्ष २०२०
मातृभूमि नेपाललाई विश्वकै सुन्दर देश भनेर परिचित गराउन पाउँदा हरेक नेपालीको मन गद्गद् हुन्छ। नेपाल सरकारले फेरि यस्तै एउटा अवसर सिर्जना गरिदिएको छ– पर्यटन वर्ष २०२० मार्फत। नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्न आफ्नो ठाउँबाट आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नु सबै गैरआवासीय नेपालीको दायित्व बन्छ। नेपालको प्राकृतिक सौन्दर्यताका विषयमा विश्वभरि रहेको चर्चा एकातर्फ छ। मुलुकका केही सुधार्नैपर्ने पक्ष अर्कातिर छन्। यसका लागि केही महत्त्वपूर्ण कार्य तत्काल गर्नुपर्ने हुन्छ।

हवाईजहाजको टिकट खरिद गर्न पनि नेपाली र विदेशीलाई लाग्ने फरक–फरक शुल्क निर्धारण गरिएको छ। नेपाल आउन लाग्ने हवाई भाडा महँगो छ। पर्यटकहरु विमानस्थलदेखि नै असहज महसुस गर्न थाल्छन्। यी विषयबारे अलिकति मात्रै विचार र बहस गरेमा पर्यटन क्षेत्रमा कायालपट हुने सम्भावना छ। 

नेपाली पन, नेपाली मन
जहाँ बसे पनि हामी नेपाली हौँ। नेपाली भाषा, भेष, साहित्य, संस्कृति, कला हाम्रा पहिचान हुन्। तर प्रवासमा नेपाली भाषा, साहित्य, संस्कृति र कलाको सम्वर्द्धन तथा प्रवर्द्धन गर्न अझै धेरै काम गर्न बाँकी छ। हुन पनि हामी सबै यो अभियानमा संलग्न भएको हाम्रो दोश्रो पुस्तालाई समृद्ध नेपालसँग जोड्नका लागि नै हो। यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न हामी सबै एकजुट हुनु परेको छ।  

(आचार्य गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी हुन्।)

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
कक्षा १२ को नतिजा सार्वजनिक
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली शुक्रबार, असार ५, २०८३
आज हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना शुक्रबार, असार ५, २०८३
सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने बिहीबार, असार ४, २०८३
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे पूर्वाधारमन्त्री सुनिल लम्सालले खोले मुख बिहीबार, असार ४, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्