• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कथा: झुट

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १६, २०७४  ११:२१
1140x725

कोटेश्वर जाने गाडीको अन्तिम सिटमा छु । छेउमा एक जवान छ।

उसको मोबाइलमा घन्टी बज्न थालेको पाँच मिनेट जति भैसकेको छ।

झिँजो मानीमानी बल्लतल्ल उठायो।

'कता हो ठूलो मान्छे ? हजुरको समय लिएकोमा माफी चाहन्छु है!'

उताबाट नारी आवाज आयो।

(बराको मोबाइल बिग्रेकोले मोबाइलको भोलुम ठूलो बनाउनुपर्ने बाध्यता रै'छ !)

केटीको बोलीमा रिसको गन्ध ज्यादा छ । मैले अडकल लगाएँ।

'सय चोटि उठबस गर्नू है अब !' केटो छुचो बन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

'खै लेहेंगा मेरो लागि ?' मोबाइलवाली बोल्छे।

'हैन, तिम्रो अन्तिम लक्ष्य नै लुगा हो कि क्या हो ? जिन्दगीमा तिम्रो प्रगति नहुने देखियो । अलि ठूलो लक्ष्य राख, ठूलो मान्छे हुनुपरेन ? सधैं कच्चा दिमाग लिएर बच्चा हुने हो ?' केटो हल्का जिस्कियो।

'किन झुट बोलेको गिफ्ट नदिने भए ?' उसको हल्कापनमाथि उताबाट हमला भयो।

'अफिसले सेलरी दिएन', ऊ उम्कने कोसिस गर्छ।

Xtrem

Xtrem

'बैशाख-जेठको सेलरी अझै दिएको छैन ?' ऊ प्रश्न तेर्स्याउँछे।

'दियो।' 

'अनि कहाँ गयो त तेत्रो पैसा ?' ऊ प्रश्नमाथि प्रश्न थप्छे।

'खै कहाँ गयो कहाँ !' अनुत्तरित हुन्छ।

'रक्सी खाएर सक्या होला नि । जड्याँहा !' ऊ बम्किन्छे।

'आजसम्म रक्सीको स्वाद कस्तो हुन्छ भन्ने थाहा छैन । के साह्रो हौ तिमी !' थोरै चर्को बोल्छ।

'फेरि झुट बोल्नुभो, हैन?'

'ल ल, अब भदौमा एउटा लेहेंगा तिम्रो नाममा स्योर । भयो अब ?' आक्रामक मुडमा रहेकी उसलाई मत्थर पार्न खोज्छ।

'मलाई अब केही चाहिएन यस्ता झुट बोल्नेहरुबाट । अबदेखि भुलेर पनि फोन नगर्नू । खुरुक्क फोन काट्नुस्' ऊ झर्किन्छे।

'थोडी न मैले फोन गर्‍या हो र काट्नलाई !' केटो झन् सोडा थप्छ।

'तपाईंको हर्कत देख्दा यो दुनियाँमा लाज भन्ने चिज नै लजाएर हराइसक्यो भन्ने लाग्छ', केटीले यसपाली अझै पेच पर्ने गरी दिई।

केटो उसको कुरालाई हाँसेर  टार्ने कोशिस गर्छ । ऊ मुर्मुरिँदै फोन काट्छे । केटोलाई शान्ति मिल्छ।

ऊ मतिर हेर्छ, म खिस्स हाँस्छु।

'के गर्नु यार, प्रेमको लफडा यस्तै हो।'

'है', यति मात्र भन्छु।

'ऊ यसरी पड्किनु स्वाभाविकै हो । उसलाई किनिदिने भनेको लेहेंगाको पैसामा अलिकति थपेर सेयर किनेको थिएँ, लथालिंग भो । मैले उसलाई लेहेंगा किनिदिन नसक्नुको कारण बताइदिएको भए हुने । ज्ञानी थिई, चित्त बुझाउँथी । उसको सरोकारको विषय हैन भनेर सेयरबारे बताउन जरुरी नै ठानिनँ । कुनै स्वभाव मान्छेको जन्मजातै लिएर आएको हुन्छ । यसलाई जति मरिमेटे पनि परिवर्तन गर्न सकिँदैन । आज आफ्नै अन्तर्मुखी स्वभावको सिकार भएँ', खै के सोचेर हो, मनभरिको उकुसमुकुस उसले मलाई सुनायो।

केटीलाई दिनुपर्ने स्पष्टीकरण मलाई भनेर सायद मन हलुका बनाउन खोज्यो।

म मुन्टो मात्र हल्लाउँछु।

नयाँ वानेश्वर आयो । ऊ बसबाट ओर्लियो अनि भीडको अंश बनेर हरायो।

मान्छे चाहेर-नचाहेर जिन्दगीमा कति झुट बोल्छ होला ? परिवारसँग, आफन्तसँग, हाकिमसँग… … अनेक-अनेकसँग।

आफ्नो यात्रामा जोडिने हर कोहीसँग मान्छे कुनै न कुनै झुट बोल्छ-बोल्छ । झुटको यो समाजशास्त्रमा अरुलाई के तान्नु, मेरै कुरा गर्छु।

मैले मेरो २३ वर्षको अवधिमा कति झुट बोलेँ होला ? झुट बोल्न कहिलेबाट सिकेँ होला ? यसको यकिन मिति मसँग पनि छैन, न यति नै झुट बोलेँ भन्ने गणितीय तथ्यांक छ ।

आफ्नो विगततिर फर्किएँ-

त्यो बेला कक्षा चारमा पढ्दै थिएँ । दाइहरुले पौडी खेल्न फेवाताल जाने प्रस्ताव गरे । सिनियर दाइहरुले भनेपछि मनमा हुटहुटी चलिहाल्यो । तर, स्कुलमा थिएँ । पखाला लागेको भनी सरसँग ढाँटेर फेवातालतिर हान्निएको थिएँ।

बेलुका आमाको कुचोको स्वाद र भोलिपल्ट स्कुलमा कुखुरो बन्दाको स्वाद चाखेको ऐतिहासिक कारणले यो घटना सम्झिएको हुँ।

यति ठूलो झुट बोल्नुअघि मैले कयौं स-साना झुट बोलेको हुँदो हुँ । समयसँगै झुटको शृंखला र आकार बढ्दै गयो।

स्कुल र प्लस टू पढ्दा ताका मलाई लुगा धुन एकदम दिक्क लाग्थ्यो । बैनीको सहारा लिने गर्थेँ । बैनीलाई पैसाको लोभ देखाएर लुगा धुन लगाउँथेँ।

एक/दुई पटक उसले पैसाको आसमा उधारोमा लुगा धोइदिई । उसले एकाध दिन मबाट पैसा पाउने आस पनि गरी।

तर, विस्तारै उधारोको मात्रा बढ्दै गयो र त्यसमा झुटको गन्ध पाउन थालेपछि बैनीले मप्रतिको आसलाई दागबत्ती दिई।

अचेल काठमाडौंको गल्ली-गल्लीमा भौतारिँदै हिँड्दा सोच्छु- कतै बैनीलाई बोलेको झुटको सजाय त हैन यो?

उच्च शिक्षा पढ्न क्याम्पस गएँ । मेरो आफ्नो रहर र पढाइबीच न्युटनको चाल सम्बन्धी तेस्रो नियमको अवस्था थियो, विपरीत प्रतिक्रिया!

घरबाट हरेक दिन क्याम्पसका लागि रवाना हुन्थेँ, तर, क्याम्पसभित्रको वातावरण कस्तो हुने रै'छ भन्ने ज्ञान लिने चेष्टा कहिल्यै गरिनँ । जुन बाटो जान मलाई कुनै रुचि नै छैन भने त्यतातिर जाने गाडीमा बस्ने कुरा पनि भएन।

उसो त मलाई औपचारिक पढाइको सुरुङभित्र निसासिनु पनि थिएन । तर, क्याम्पस चाहिँ गइरहेँ । घरमा आमासँग पैसा असुल्न पनि क्याम्पस जान्छु भनेर आँखामा छारो हाल्नु जरुरी जो थियो ।

ब्याचलर तेस्रो वर्षको रिजल्ट आएको दस दिनपछि मलाई दाइले रिजल्ट सोध्यो ।

मैले सत्य बोलेँ । दाइले पत्याएन ।

मैले मिलाएर झुट बोलेँ । दाइ खुसी भयो ।

त्यसैको बेलुका दाइले आफ्नो जिन्दगीमा खुसी आएको भन्दै साथीहरुलाई पार्टी दिएको फोटो फेसबुकमा हाल्यो । मेरो झुटले कसैको जिन्दगीमा केही दिनका लागि भए पनि खुसी थपिदिएको देख्दा मन रमायो।

असार पहिलो सातातिर हुँदो हो, गाउँमा खेतीको धपेडी थियो । बिहानैदेखिको चर्को घामले बाहिर निस्किन सक्ने अवस्था थिएन । आमालाई ज्वरो आएको बहाना बनाएर कोठाभित्र फ्यानको मजा लुट्दै थिएँ।

यत्तिकैमा बाहिर हर्न बज्यो । साथी आएको रै'छ।

आमालाई ढोग्यो र मतिर हेर्दै ठूलो दिलदार भाँतीमा बोल्यो-

'यस्तो पढेको मान्छे घरमा बसेर हुँदैन । अब केही कामधन्दा गर् । केही नभए मेरो अफिसमा आइज, मलाई हेल्प गर् । चिया खाने पैसा दिउँला ।'

उसले यसरी सलाई कोरिदियो, अब कुनै पनि हालतमा खरानी नभई सुखै थिएन।

त्यसको केही समयपछि म घरबाट सपनाको भारी बोकेर काठमाडौं पसेँ। राम्रो अफिसमै जागिर पाएँ । अफिस जान थालेको चार-पाँच दिनमा हाकिमको नाडी छामेँ।

हाकिम भनेको मान्छे हैन सिस्टम हो । सिस्टमको आँखा हुँदैन । सिस्टम मान्ने तर हाकिमलाई नमान्ने मेरो मान्यता थियो । तर, हाकिम नै मभन्दा बढ्ता चाम्रो भएपछि खासै जम्ने छाँट देखिएन।

मलाई काठमाडौंमा विभिन्न ठाउँमा हुने कविगोष्ठीमा गएर विद्वानहरुले कुण्ठा र ज्ञान बकेको सुन्ने हुटहुटी चल्थ्यो । जसले गर्दा अफिसमा अनेक झुट बोल्नुपर्ने हुन्थ्यो।

त्यस क्रममा मैले अनेक झुट बोलेँ । कहिले आमा बिरामी भएको, कहिले बैनी काठमाडौं आएको, कहिले आफू ज्वरोले सिकिस्त भएको... ...। झुट झुट झुट ।

मेरो झुटमा धेरै पटक मेरा कैयौं साथीका बुवाको दुर्घटनाले प्राथमिकता पाएका छन्।

एक वर्षको अवधिमा मैले अफिसमा यति धेरै झुट बोलेँ, त्यसपछिका दिनमा अब फेरि बिदा लिन बहानाहरुको खडेरी पर्न सक्ने खतरा ज्यादा थियो । तर, म झुट बोल्न एक्सपर्ट भइसकेको थिएँ।

एकपल्ट मेरो साथी जापानबाट आएको खबर पठायो । उसलाई लिन कुनै पनि हालतमा एअरपोर्ट जानुपर्ने भयो । साथीत्वको धर्म निर्वाह जो गर्नु थियो।

मेरो पिसाबमा रगत देखिएकोले हस्पिटल जानुपर्ने भयो भनेर अर्को जीवन्त झुट बोलेँ।

अफिसबाट सजिलै बिदा पाएँ।

भोलिपल्ट हाकिमले मेरो स्वास्थ्यबारे चासो लियो । मलाई पत्थरी भएको र औषधि खाए निको हुने जानकारी गराएँ।

मैले यस्तो दमदार अभिनय गरिदिएँ, उसले मलाई अबदेखि अफिसको काम अलि कम लगाउने आश्वासन दियो।

उसले एकाएक अर्को सोध्यो- 'बियर खाने गर्‍या छ?'

'छैन, खासै बानी छैन', मैले थुक निल्दै झुट बोलेँ।

'बानी पार्नु हुँदैन, तर, बेलुका-बेलुका खाने गर्नू, पत्थरी छिटो निको हुन्छ ।' यति भन्दै उसले मेरो हातमा केही रकम थमायो । उसको दिएको पैसाले भन्दा उसले देखाएको प्रेमले मभित्र हुण्डरी मच्चियो।

मलाई पहिलो पल्ट अफिसमाथि गरेको गद्दारीप्रति ग्लानि भयो । यस गद्दारीको भतभती तातोबाट मुक्त हुन मैले त्यो अफिस सदाका लागी छोडेर हिडेँ।

***

तपाईंलाई लाग्दो हो, केटोले २३ वर्षको अवधिमा बोलेका एक-एक झुटको पर्दाफास गर्‍यो । माफ गर्नुहोला, माथिका कति अनुच्छेदमा मैले केही झुट मिसाएको छु।

झुट बोल्ने मेरो आदत चाहेर-नचाहेर बच्चैदेखिको हो । जीवनको अन्तिम बिन्दुसम्म पनि यसको सिलसिला जारी रहनेछ । किनकि मान्छेले सत्य र झुटबीचको धारमा आफूलाई सन्तुलित रुपमा हिँडाएको हुन्छ । यसबाट म कसरी मुक्त हुन सकूँला र?

गाडी कोटेश्वरको जाममा फसेछ । म चाहिँ आफूले बोलेका केही झुट सम्झिएर यतै कतै फसेँ!

प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्