मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले प्रदेश सभा र प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्नु चुनौतीपूर्ण भएको बताएका छन्।
‘प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भैसकेको अवस्थामा ती निर्वाचन सम्पन्न गर्नु पहिलो प्राथमिकता र चुनौतीको रुपमा लिनु परेको छ,’ संविधान दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश व्यक्त गर्दै रेग्मीले भनेका छन्।
‘चुनौति यस अर्थमा रहेको छ कि उम्मेदवारको मनोनयन पश्चात वर्तमान व्यवस्थापिका–संसद स्वतः विघटित हुन पुग्दछ।’
रेग्मीले आगामी निर्वाचन संविधानको स्थायित्व तर्फको यात्रा र संविधानको कार्यन्वयन एवम् समृद्धिको यात्रा यी कुराहरुमा प्रतिवद्धता व्यक्त गर्दै सक्रियतापूर्वक क्रियाशील हुन आग्रह पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।