• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बालीघरे प्रथा : बन्दै छ उहिलेको कथा 

64x64
नेपाल लाइभ बिहीबार, असोज २३, २०७६  ११:१४
1140x725

डडेलधुरा - काम गरेबापत दलित समुदायले ज्यालाका रुपमा नगद नभई बाली लिने चलनलाई बालीघरे प्रथा भनिन्छ। वर्षको दुईपटक बाली रोप्नेदेखि भित्र्याउने सम्म काम गरेर लगाएको अन्नबालीको एक दुई ‘सुपा’ पाउने गरेका थिए, दलित समुदायले।

सदियौंदेखि समाजमा यो प्रथा (अन्नबाली दिएर काम गराउने) पछिल्लो समयमा हट्दै गइरहेको छ। मानिसहरूमा जनचेतनाको विकास हुनुका साथै ग्रामीण क्षेत्रमा अन्नबालीको उत्पादनमा पनि कमी आउन थालेपछि डडेल्धुरामा बाली प्रथा हट्दै गएको हो। 

आजकल लुगा सिउने र आरनको काम गर्नेहरू नगद ज्याला लिएर नै काम गर्छन्। 

अजयमेरु गाउँपालिका–१ पाली गाउँका शेरबहादुर दमाई विगत २० वर्षदेखि आफ्नै गाउँमा सिलाइ व्यवसाय गर्दै आइरहेका छन्। सुरुवातदेखि बालीघरे प्रथामा सिलाइको काम गर्दै आइरहेका शेरबहादुर पाँच वर्षयता नगद ज्यालामा काम गरिरहेका छन्।

‘विगतमा ६ महिनामा २० किलो जति धान, मकै पाउँथ्यौं। आजभोलि एक महिनामा सातदेखि ९ हजारसम्म कमाउँछौं,’ उनले सुनाए, ‘अहिले बल्ल सिप सिकेको जस्तो हुँदै गएको छ।’ 

शेरबहादुर मात्र हैन अमरगढी नगरपालिका–४ खलंगाका ५६ वर्षीय राम दमाईको पनि केही वर्षयता दैनिकी फेरिएको छ। चुहिने जस्ताको पातावाला घरमुनि दिनभर काम गरी साझँ लुगा कपडा रिथी (गैरदलित वा कपडा सिलाउने) हरूको घर लग्ने गर्थे। 

करिब १५ वर्षदेखि सिलाइ व्यवसाय गर्दै आइरहेका उनले पछिल्ला ५ वर्षयता व्यवसायलाई नयाँ सिराबाट अगाडि बढाएका छन्। १५ वर्षको अवधिमा १० वर्षसम्म बालीघरे प्रथामै सिलाइको काम गरेका दमाई पछिल्लो पाँच वर्षयता भने ज्यालामा सिलाइ व्यवसाय गर्दै आइरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘१० वर्षसम्म कपडा सिले हजुर छ महिनामा १५–२० किलो मकैको लागि सबैका रिथीका आँगन–आँगनमा गएर मागेर खाएँ ‘खालो’। छोरा–छोरा पढाउन सकिँदैन थियो। अहिले नगद पैसा लिएर काम गर्छु। राम्रो भा छ हजुर राम्रो भा छ।’ 

‘अहिले कसैको घरमा गएर दुई हात जोड्नु परेको छैन। छोरा छोरीलाई पनि विद्यालय बढाउने बल आयो,’ दमाईले भने।

यी मात्रै नभई डडेल्धुराको जिल्ला सदरमुकामदेखि ग्रामीण क्षेत्रमा पनि सिलाइको काम गर्नेहरू बालीघरे प्रथा छोडेर नगद रुपैयाँ लिएर काम गर्ने गरेका छन्। समाजिक परिर्वतनका साथै ग्रामीण क्षेत्रमा अन्नबालीको उत्पादनमा कमी आएकाले कपडा सिलाउनेले पनि नगद रुपैयाँ दिन चाहेकाले डडेल्धुराबाट बालीघरे प्रथा हट्दै गएको व्यवसायी प्रकाश जैरुको बुझाइ छ। 

उनले भने, ‘समाज रातदिन परिर्वतन भइरहेको छ। हामी व्यवसायी बन्न पनि समयको माग हो।’ सिलाइको मात्रै नभई आरनको काम गर्नेहरू पनि आजभोलि नगद रुपैयाँ लिएर काम गर्ने गरेका छन्। बालीघरे प्रथामा काम गर्दा अन्नबाली पाकुन्जेलसम्म दलित समुदायले लुगा सिलाएको, कृषि औजार बनाएको पारीश्रमिक बापत बालिघरे प्रथामै चित्त बुझाउनु परिररहेका थियो। 

सिलाइ तथा कृषि औजार (कोटो कोदालो, हसिया) को काम गरेवापत एक वर्षमा दुई पटक अन्नबाली लिने गरेका थिए। बालीघरेको साटो नगद रुपैयाँ लिएर सिलाई एवम् आरन पेस गर्दा आफूहरूको जीवनस्तरमा सुधार आउनुका साथै दासत्वको जीवनबाट मुक्त भएको डडेल्धुराको सदमुकाम अमरगढी– ५ मा आरन व्यबसाय गर्दै आएका अजयमेरु २ का नारायण टमटाको भनाइ छ। 

उनले भने, ‘परम्परागत सोचबाट हामी केही हदसम्म टाढा पुगेका छौं। अहिले अधिंकाश दलित समुदायका नागरिक ज्यालादारी रुपमा कृषी सामग्री तथा त्रिशुल लगायतका अन्य ऐतिहासिक कलात्मक मूर्तिबाट राम्रै आम्दानी गरिरहेका छन्।’

यो पेसामा युवापुस्ताले भने चासो नदिएको अधिकांशको भनाइ छ। यो सिप अर्को पुस्तामा हस्ताण्तरण नहुने हो भने सिप नै हराउने डर कायम छ। सदरमुकाममै आरन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी उदयसिंह लुहार भने जीवन धान्नका लागि आरन व्यवसाय निकै महत्वपूर्ण भएको बताउँछन्। 

‘७० वर्षको उमेर भइसक्यो, विगत २५ वर्षदेखी आरन पेसा गर्दै आएको छु,’ उनले भने, ‘फलामबाट विभिन्न वस्तु निर्माण गर्न नेपाली युवा पिढीले सिक्न नसक्दा आरन व्यवसाय दिन प्रतिदिन धरासयी बन्दै छ।’ 

जिल्ला सदरमुकाम क्षेत्रमा अहिले ज्यालामा कृषिमा उपयोगी सामग्रीका धार साध्ँने लगायतका विभिन्न खाले मूर्तिहरू बनाउने आरन पेसामा ४–५ व्यवसायी संलग्न छन्।  पहिले सुदूरपश्चिमका विभिन्न ग्रामीण क्षेत्रमा रहेका आरन व्यवसाय बालीघरे प्रथाबाट जिबिकोपार्जन गर्ने गरेका थिए। जसमा अन्न भित्र्याउने बेला, नयाँवर्ष र चाडवाडका समयमा गरी बढीमा ३ पटक अन्न संकलन गरी घर–परिवारको दैनिकी चलाउने प्रचलन थियो।

अहिले यो पेसा दलित परिवारमा मात्र सीमित रहेन। व्यावसायिक रुप लिएपछि गैरदलितले पनि सिलाइ कटाइ तथा फलामका भाँडाकुँडा बनाउन समेत सिकेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख केशव भण्डारीले बताए। 

उनले भने, ‘यो पेसा बालीघरेबाट व्यावसायिक रुप लिन हाम्रो कार्यालयबाट दिइने विभिन्न समयका सिलाइ कटाइ तालिम, व्यवसायी बन्नुपर्छ भने जनचेतनाले अहिले यो पेसा दलित समुदायमा मात्र रहेन,’ प्रमुख भण्डारीले थपे, ‘समाजमा रहेका कुप्रथाहरूलाई निरुत्साहित गर्नका लागि विभिन्न जनचेतनामुलक काम विभिन्न संघ संस्थाले गर्दै आइरहेकाले पनि बालीघरे प्रथा हट्दै जानुमा महत्वपूर्ण भुमिका खेलेको छ।’

यन्त्र उपकरणहरु खरिद गर्ने नसकेर उनी व्यवसायी बन्न समय लागेको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए। उनले भने, ‘दर्ता गरेर व्यवसाय गर्ने कम भए पनि ज्याला लिएर काम गर्ने बढेका छन्। एक पटक छिमेकी मुलुक भारतमा केही आम्दानी गरे भए पनि उपकारण खरिद गरेका छन्। यन्त्र उपकारण वा मेसिनहरूले बालीघरे प्रथा हटाउन सजिलो भएको हो।’

प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुवास अजरबैजानको क्लबमा अनुबन्ध
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
एनसेल सीईओको राजीनामाले उठाएको प्रश्न: विदेशी लगानी तर्साउने बाटोमा छ सरकार
सम्बन्धित सामग्री
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? नारायणदत्त पौडेल भने सशस्त्र प्रहरी बलतर्फ लागे । दानबहादुर कार्की भने नेपाल प्रहरीमै रहे । यही ब्याचका राजु अर्याल पनि सशस्त्र प्रह... बिहीबार, भदौ १८, २०८३
जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरे ।  “ह... मंगलबार, भदौ १६, २०८३
बाढी प्रभावित नागरिकका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
सुवास अजरबैजानको क्लबमा अनुबन्ध मंगलबार, भदौ २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, भदौ २३, २०८३
एनसेल सीईओको राजीनामाले उठाएको प्रश्न: विदेशी लगानी तर्साउने बाटोमा छ सरकार मंगलबार, भदौ २३, २०८३
आज जेनजी सहिद दिवस, आन्दोलनको एक वर्ष पूरा मंगलबार, भदौ २३, २०८३
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
के सत्ताधारी दलले आमसञ्चार माध्यममाथिको अविश्वास प्रकट गरेको हो? सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्