न्युयोर्क– २०१७ को एम्मी अवार्डमा ‘मोर्डन फेमेली’ का महिलाहरु आफ्नो प्रभाव छाड्न सफल भए। पहिले साराह हेल्यान्डले आफ्नो ‘कट–आउट’ ड्रेसले सबैलाई चकित तुल्याइन्।
यसपछि झुल्किएकी सोफिया भेर्गारा विवाहको आकर्षक गाउनमा देखिइन्। अन्त्यमा एरिल विन्टरको भुइँसम्मै लत्रिएको खुट्टाको माथिल्लो भागमा दुवैतिर खुलेकाे लुगाले सबैको ध्यान खिच्यो।
एरिलको शृंखला उत्कृष्ट कमेडीको मनोनयनमा परेको थियो। उनी समारोहमा भाग लिन घाँटीदेखि खुट्टासम्मै लत्रिएको ‘हाई नेकलिन’ लुगामा सजिएकी थिइन्। उनको पहिरन अस्ट्रेलियाका स्टेभन खलिलले डिजाइन गरेका थिए।

उनको पहिरनको यसकारण पनि चर्चा चलेको थियो कि अन्य कलाकारको पहिरनमा खुट्टाको माथिल्लो भागमा एकापट्टि मात्र खुलेको डिजाइन हुने गर्थ्यो। पहिलो पल्ट खुट्टाको माथिल्लो भागमा दुवैतर्फ खुलेकाे डिजाइन देखेपछि सबैको आँखा एरिलको पहिरनमा परेको थियो।
‘म केही विशेष गर्न चाहिरहेको थिएँ। मलाई मन पर्यो र सोचें यो लुगामा राम्री देखिन्छु,’ एरिलले पिपुल म्यागजिनलाई भनिन्, ‘प्रायः म छाती खुलेको लुगा लगाउँथे, खुट्टाको माथिदेखि नै खुलेको लुगामा त्यति रुचि थिएन। तर, यसपालि केही नयाँ गरौं भन्ने सोच पलायो।’
१९ वर्षीय एरिलले आफ्नो खुट्टातर्फको अंग प्रदर्शन गरेपछि ट्विट गर्दै प्रतिक्रिया दिएकी थिइन्, ‘मैले जानेर यो गरेको होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।