• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

तेलमा राजनीति : शैतानकाे मुत्रमा डुबेकाे टिपप्णीदेखि ड्राेन आक्रमणसम्म

64x64
नेपाल लाइभ बुधबार, असोज १५, २०७६  ०९:२८
1140x725

काठमाडाैं- सन् १८५९ अगष्ट २७। अमेरिकी व्यापारी एडविन ड्रेकलाई एक म्यासेज आयो। जुन पढेर उनी अवाक भए। यसरी उनलाई अवाक बनाउने म्यासेजमा लेखिएको थियो- ‘आफ्नो ऋण तिर्नुहोला, हार मान्नु र घर फर्किनु।' सो समय ड्रेक ‘रक आयल’को खोजी गरिरहेका थिए। यो एक प्रकारको खैरो रङको कच्चा तेल हो।

पश्चिमी पेनसिल्वेनियाको जग्गामा यो तेलको बुलबुले देखिएको थियो। ड्रेकको चाहना यो ‘रक आयल’बाट मट्टितेल निकाल्ने थियो, जसका कारण बत्ती बल्न सकियोस्। उक्त समयमा बत्ती बाल्नका लागि ह्वेलबाट निस्कने तेलको प्रयोग हुने गर्दथ्यो र यो बिस्तारै पाउन कठिन र महँगो हुँदै गइरहेको थियो।

उक्त म्यासेज पाउनुभन्दा केही समय पहिले कुवामा खन्दा तेल फेला परेको थियो। कुवा खनेपछि तेल बाहिर निस्कँदा २१ मिटर उचाइसम्म फोहोरा फालेको थियो। यो घटनाले ह्वेल माछालाई बचायो र दुनियाँ बदल्न सुरु पनि भयो।

तेल खोजीको एक वर्ष
ड्रेकले जुन स्थानमा तेल फेला परेका थिए, त्यसको केही किलोमिटर दक्षिणमा जे भयो त्यसले वर्षौंपछि हुने घटनाको संकेत गर्‍‍यो।

'न्युर्योक टाइम्स'मा छापिएको एक रिर्पोटअनुसार सन् १८६४ मा पेनसिल्वेनियाको पिटहोल सिटीमा जब तेलको खोजी भएको थियो, त्यहाँ दर्जनौँ माइल दूरीमा करिब ५० जना मानिसको पनि बसोबास थिएन।

तर, तेलको खोजी सुरु भएको एक वर्षभित्र पिटहोल सिटीमा १० हजार मानिस बसोबास गर्न थालिसकेका थिए। ५० होटल, देशको व्यस्त पोष्ट अफिस, दुई टेलिग्राम सेन्टर र दर्जनौँ 'फायर प्लेस' खुले।

बदलिदो परिस्थितिमा केही मानिस धनी पनि हुन थाले। तर, पिटहोल सिटीले एक असली अर्थव्यवस्थाको दोस्रो आवश्यकता भने पूरा गर्न सकेको थिएन। यसको नतिजा पनि यही भयो कि पिटहोल सहरको चमक एक सालभित्रै फिक्का भयो। पिटहोलको तेल निर्भर अर्थव्यवस्थाले धेरै जादु चलाउन सकेन तर मानिसहरुको तेलप्रतिको चाहाना र आवश्यकता आकाशिदै गयो।

Ncell 2
Ncell 2
nimb
nimb

विश्व उर्जाको आवश्यकता
अव अवश्यकता यस्तो भएको छ कि दुनियाँको अर्थव्यवस्था तेलमा निर्भर भइरहेको छ। विश्वको उर्जा आवश्यकताको एक तिहाइ माग यसले पूरा गर्दै आएको छ। कोइलाभन्दा धेरै परमाणु, बिजुली र गैर-परम्परागत उर्जाको संयुक्त स्रोतभन्दा दुई गुणा बढी क्षमता तेलमा पाइयो।

तेल, ग्यास र बिजुलीले हाम्रो आवश्यकताको एक चौथाइ माग पुरा गर्ने गर्दछ। एडविन ड्रेकलाई लागेको थियो कि ग्यास कसैले किन्ने छैनन् तर कम्बुस्टन इन्जिनले उनको यो सोचलाई फिक्का बनाइदियो।

कारदेखि ट्रक, मालबाहक विमानदेखि जेट एयरसम्म सोही तेलले दुनियाँ चलिरहेको छ। सन् १९७३ केही अरब राष्ट्रहरुले अन्य राष्ट्रहरुमा तेल बिक्रीमा रोक लगाउने घोषणा गरे। उक्त समयमा ६ महिनाभित्रै तेलको मूल्य ३ डलरप्रति ब्यारेलबाट १२ डलर पुगेको थियो। यो घटनापछि दुनियाभरमा आर्थिक मन्दी छायो। सन् १९७८,१९९० र २००१ मा तेलको मूल्य फेरि वृद्धि भयो, जसको असर अमेरिकामा आर्थिक मन्दी देखियो।

केही अर्थशास्त्रीले सन् २००८ मा विश्वभर आर्थिक मन्दी आउनुमा तेलको मूल्यमा भएको वृद्धिलाई मानेका थिए। जसो-जसो तेलको मूल्य बढ्दै जान्थो, अर्थव्यवस्था पनि सोही रेखामा आफ्नो बाटो बनाइरहेको हुन्थ्यो। तेलको इतिहासमा आधारित डेनियल येरगिनको पुस्तक ‘द प्राइज’को सुरुवात विस्टन चर्चिलको एक दुविधाबाट सुरु हुन्छ। सन् १९११ मा चर्चिललाई रोयल नेवी (बेलायतको शाही नौसेना)का प्रमुखमा नियुक्त गरिएको थियो ।

तेल बिक्रीबाट समृद्धिको यात्रा
अप्रिल १९१२ मा चर्चिलको निर्णयले यस्तो तर्कलाई प्रतिविम्वित गरेको थियो- तेलमा विश्व राजनीतिक आकार बदल्न सक्छ।

चर्चिलको निर्णयपछि ब्रिटिश ट्रेजरी बिपी (ब्रिटिस पेट्रोलियम)ले पूर्ववर्ती एंग्लो-फारसी आयल कम्पनीमा बहुमत हिस्सा खरिद गर्‍यो।

१९५१ मा इरान सरकारले तेल कम्पनीको राष्ट्रियकरण गर्ने घोषणा गर्‍यो। अंग्रेजहरुले यसको विरोध गरे। उक्त कम्पनी आफ्नो भएको दावी अंग्रेजहरुले गरे, त्यसको जवाफमा इरानले ‘यो हाम्रो तेल हो’ भन्यो।

तेलको क्षेत्रमा केही देशले धेरै राम्रो गरे। साउदी अरब यस्तै मध्येको एक देश हो। जो तेल बेचेरै धनी भयो। साउदीको सरकारी तेल कम्पनी एप्पल, गुगल र अमेजनधन्दा धेरै मूल्यवान छ। साउदी अरबको विश्वभरमा २८ ठाउँमा तेलका कार्यालय छन्भ ने यी कार्यालयमा ७६ हजार व्यक्ति प्रत्यक्षरुपमा संलग्न छन्।

साउदी अरबमा दुनियाको सवैभन्दा लाभदायक तेल कम्पनी थियो, जसमा केही समय पहिले ड्रोन हमला भयो। यो आक्रमणपछि तेलको मूल्यले विश्वभर आकाश छुनसक्ने अनुमान गरिँदै आएको छ।

इराकदेखि इरान र भेनेजुएलादेखि नाइजेरियासम्मले तेलबाटै समृद्ध हासिल गरे। उनीहरुले तेल खोजलाई धन्यवाद दिएका छन् तर अर्थशास्त्रीहरुले ‘तेल अभिशाप’ भन्दै आएका छन्। यसमा १९६० को दशकको शुरुवातमा भेनेजुएलाका पेट्रोलियम पदार्थमन्त्री जुआन पाब्लो पेरेन्ज अल्फोन्जले स्पष्ट वर्णन गरेका थिए। उनले १९७५ मा भनेका थिए, ‘यो शैतानको मलमुत्र हो, हामी यो शैतानको मलमुत्रमा डुबिरहेका छौं।’

तेलको विकल्पमा के?
तेल निर्यात गर्ने देशहरुको मुद्राको मूल्य बढिरहेको हुन्छ। तेल उत्पादन गर्ने देशका लागि तेलबाहेक अन्य सवै चीज महँगो लाग्ने गर्दछ। ऐतिहासिक रुपमा कैंयौँ राजनेताले आफ्ना सहयोगीको साथ लिएर तेलमा एकाधिकार जमाउने प्रयास पनि गरेका थिए।

तेलकै कारण विश्व अर्थव्यवस्था विभिन्न समयमा उतारचढावपूर्ण बाटो हुँदै गुज्रिएको छ। यही कारण तेलको बदलामा केही अर्काे वस्तुको प्रयोग थालिनुपर्ने तर्क पनि उठ्ने गरेका छन्। यो जलवायु परिर्वतनको एक असर समेत हुने भएकाले यस विकल्पको बारेमा विश्वभर विभिन्न तहमा छलफल भइरहेको छ।

तेलले ब्याट्रीको स्थान पनि ओगटेको छ। एक किलोग्राम ग्यासलिनमा त्यही बराबरको उर्जा हुन्छ, जुन ६० किलोग्राम ब्याट्रीमा हुने गर्दछ।

इलोक्ट्रिक कार कम्पनीले 'टेस्ला' नामक अग्रणी ब्याट्रीको विकास गरिरहेका छन्। एक समय थियो, जब लाग्दथ्यो कि तेलको मूल्य नियन्त्रण बाहिर जाँदैछ। यही समयपछि नविकरणीय उर्जातर्फ अर्थव्यवस्था अगाडि बढ्नुपर्ने प्रेरणा मिलेको थियो। आज तेलको जति मात्रा फेला परेको छ त्योभन्दा धेरै माग भइरहेको छ।

कैंयौँ आलोचकहरुबाट तेलका सम्भावित दिर्घकालीन पर्यावरणीय परिणामलाई लिएर धेरै आशंकाहरु व्यक्त गरिँदै आएको छ। अहिलेलाई यत्ति भन्न सकिन्छ कि विश्व शैतानको मलमुत्रमा डुबिरहेको छ र यसको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ।

(टिम हरफोर्डले बिबिसी हिन्दीका लागि तयार पराेको यो सामाग्री ‍दुर्गा दुलाले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र
प्रशारण लाइन मर्मतका क्रममा घाइते भएका विद्युत्‌का कर्मचारीलाई १९ लाख ७८ हजार क्षतिपूर्ति
सम्बन्धित सामग्री
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान अमेरिकी थिंक ट्यांक फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्स (FAS) को २०२६ को अनुमानअनुसार भारतसँग हाल करिब १९० परमाणु वारहेड छन्। भारतले आगा... बिहीबार, भदौ २५, २०८३
शेख हसिनाकी छोरीले दिइन् डब्ल्युएचओको क्षेत्रीय निर्देशक पदबाट राजीनामा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदले पदबाट राजीनामा दिएकी छन्। उनी बंगलादेशकी... बिहीबार, भदौ २५, २०८३
जर्मनीमा दक्षिणपन्थी लहरको नेतृत्व गर्ने वीडल : आफैं ‘लेस्बियन’, पार्टी समलैंगिक विवाहविरोधी जर्मनीको स्याक्सोनी–आनहाल्टमा सेप्टेम्बर २०२६ मा भएको चुनावमा अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ठूलो सफलता हासिल गरेको छ। दोस्रो विश्व... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
प्रशारण लाइन मर्मतका क्रममा घाइते भएका विद्युत्‌का कर्मचारीलाई १९ लाख ७८ हजार क्षतिपूर्ति बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! बिहीबार, भदौ २५, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्