न्युयोर्क– निकोल किडमेनले सोमबार सम्पन्न ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको उपाधि जितिन् । तर, न्युयोर्कको माइक्रोसफ्ट थिएटरमा आयोजना भएको कार्यक्रममा उनको पुरस्कारको उति साह्रो चर्चा भएन, जति चर्चा उनको हर्कतको भयो।
उनले कार्यक्रम स्थलमा श्रीमानकै अगाडि आफ्नो टेलिभिजन शृंखला ‘बिग लिटल लाइज’ का नायक एलेक्जेन्डर स्कार्सगार्डलाई चुम्बन गरेकी थिइन् । एलेक्जेन्डरले पनि सहायक अभिनेताको अवार्ड जितेका थिए।
अवार्ड ग्रहण गर्न एलेक्जेन्डर स्टेजतर्फ लाग्दै गर्दा किडमेनले ओठमा चुम्बन गरेकी थिइन् । टेलिभिजन शृंखलामा एलेक्जेन्डरले किडमेनको श्रीमानको भूमिका निर्वाह गरेका छन् । वास्तविक जीवनमा किडमेनका श्रीमान् गायक किथ अर्बन हुन्।
किडमेनले आफ्नै अगाडि एलेक्जेन्डरलाई ओठमा चुम्बन गरेपछि उनले असहज महसुस गरेका थिए । किडमेनले अति उत्साही भएर यस्तो हर्कत गरेको बताइएको छ। त्यसको केही मिनेटमै सो घटना ट्विटरबाट भाइरल बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।