नयाँ दिल्ली (एजेन्सी)– चिनियाँ कम्पनी शाओमीले मंगलबार भारतमा ‘रेडमी नोट–५ प्रो’ सार्वजनिक गरेको छ। यसको विशेष कुरा पहिलो पल्ट ‘फेस अनलक’ फिचर समावेश गरिएको छ। ४ जिबी र्याम भएको सेटको मूल्य १३ हजार ९ सय ९९ भारु र ६ जिबी र्यामको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ राखिएको छ।
भारतमा यसको बिक्री २२ फेब्रुअरीदेखि सुरु हुनेछ।
विशेषताहरु- आधुनिक प्रोसेसर, आइफोन एक्स जस्तै क्यामेरा
रेडमी नोट–५ प्रो मा ५.९९ को फुल एचडी प्लस डिस्प्ले छ। यसको ‘ऐस्पेक्ट रेस्यो’ १८ः९ को छ। तीन प्रकारको इन्टरनल स्टोरेज भएका सेटहरु उपलब्ध छन्। ३ जिबी र्याममा ३२ जिबी मेमोरी, ४ जिबी र्याममा ६४ जिबी मेमोरी र ६ जिबी र्याम ६४ जिबी मेमोरी अप्सन छ। फोनमा दुई वटा सिम राख्ने सुविधा छ।
स्मार्टफोनमा क्वाल्कोम स्नेपड्रेगन ६ सय ३६ प्रोसेसर राखिएको छ, जसको मिक्स स्पिड १.८ जिएचजेड छ।
रेडमी नोट–५ प्रो मा ‘क्विलकम स्न्यापड्रागन’ ६ सय ३६ अक्टाकोर प्रोसेसर राखिएको छ, जुन ६ सय सिरिजको आधुनिक हो। यसको चिपसेटमा ‘क्रायो टेक्नोलोजी’ समावेश छ।
फोटोग्राफीको कुरा गर्दा यसमा डुअल रियल क्यामेरा सेटअप छ, जुन हेर्दा ‘आइफोन एक्स’ जस्तै लाग्छ। यसमा १२ र ५ मेगापिक्सलका दुई वटा रियर क्यामेरा छ। रियर क्यामेराको अपर्चर एफ/२ दशमलब २ छ। यसबाट ३० फ्रेम प्रतिसेकेन्ड फुल एचडी भिडियो रेकर्ड गर्न सकिने कम्पनीले जनाएको छ।
सेल्फीका लागि पनि यो स्मार्टफोन विशेष छ, किनभने अग्रभागमा २० मेगापिक्सलको क्यामेरा 'फ्ल्यास’ सुविधासहित समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।