काठमाडौं- सरकारमा दुई जना राज्यमन्त्री थपिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज वन राज्यमन्त्रीमा कमला शर्मा र विज्ञान तथा प्रविधि राज्मन्त्रीमा विराज विष्टलाई नियुक्त गरेका हुन्। उनीहरु राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट सरकारमा सहभागी भएका हुन्।
अब मन्त्रिपरिषद्को संख्या ५६ पुगेको छ। संविधान संशोधनका बेला दिएको आश्वासनअनुरुप उनले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मन्त्रिपरिषद् विस्तार गरेपछि चौतर्फी आलोचना भएको थियो। देउवाले यसअघि ५४ मन्त्रिमण्डल बनाइसके पनि ‘मन्त्रिमण्डलको संख्या अझै बढ्न सक्ने' बताउँदै आएका थिए। सरकारमा मन्त्रीको संख्या थपिँदै जाँदा राज्यलाई आर्थिक भार थपिने भएको छ।
यो पनि: जम्बो मन्त्रिपरिषद् : मासिक तलब मात्रै १ करोड २४ लाख, कुन मन्त्रीले कति लिन्छन् सुविधा?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।