प्रदेश २ मा जारी मतदानमा अहिलेसम्म ५३ प्रतिशत मत खसेको छ।
१ सय ३६ स्थानीय तहमा जारी मतदानमा ५३ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।
मतदानमा १सय १६ वर्षीया सर्वसिया यादवले मतदान गरेकी छिन्। उनले महोत्तरीको अौरही नगरपालिकास्थित नेपाल राष्ट्रिय माविबाट मतदान गरेकीहुन्।
अपरान्ह पाँच बजेसम्म मतदान हुनेछ।
निर्वाचनबाट ६ हजार ७ सय जनप्रतिनिधि चयन हुनेछन्। शान्तिपूर्ण रूपमा निर्वाचन भईरहेको आयोगको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।