काठमाडौँ- स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज मध्याह्नसम्म करिब ३५ प्रतिशत मतदान भएको छ।
प्रदेश नं २ का ८ जिल्लाका १३६ वटा स्थानीय तहमा अहिले मतदान जारी छ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्रप्राप्त पछिल्लो जानकारीअनुसार सबै मतदान केन्द्रमा मतदाता ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदानमा सहभागी भइरहेका छन्।
प्रदेश नं २ का एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।