नयाँ दिल्ली (एजेन्सी)– भारतीय राजधानी नयाँ दिल्लीमा भएको अटो एक्स्पो–२०१८ मा महेन्द्रा कम्पनीले जेनरेसन सुहाउँदो नयाँ गाडी बजारमा उतार्ने भएको छ। महेन्द्राले 'सुभ (एसयुभी)' लाई बजारमा ल्याउन लागेको हो।
कम्पनीले नयाँ मोडलको गाडी कन्भर्टेवल बनाएको छ। सुभको नयाँ मोडलको गाडीको छत खोल्न र बन्द गर्न मिल्छ। कम्पनीले आफूले निर्माण गरेको यो अहिलेसम्मकै स्टाइलिस कार भएको जनाएको छ। महेन्द्राले यसलाई ‘लिव यंग, लिव फ्रि’– मोटोका आधारमा बनाएको हो। यो कार युवालाई आकर्षित गर्न बनाइएको कम्पनीले बताएको छ।
महेन्द्राले कारको निमार्णको विषयमा विस्तृत जानकारी दिएको छैन। तर, यसलाई चाँडै बजारमा उतार्ने सम्भावना रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।