काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः
१) सबै मन्त्रालयको चालू आर्थिक वर्षको दुई महिनाको कार्य प्रगति समीक्षा, बजेट कार्यान्वयन हुने गरी कार्य सम्पादन गर्न प्रधानमन्त्री ओलीको निर्देशन
२) लगानीका लागि नेपालमा उत्साहजनक वातावरण बनिसकेको नेकपा अध्यक्ष प्रचण्डद्वारा जिकिर, सयांै वर्षको फोहोर पखाल्न समय लाग्ने भन्दै नकारात्मकता नफैलाउन आग्रह
३) कांग्रेस सभापति देउवाद्वारा योद्धाहरूको उचित सम्मान हुन नसक्नु दुःखद भएको टिप्पणी, योगदानको चित्रण हुने गरी छिट्टै स्मृति ग्रन्थ निकालिने
४) काराबाओ कप फुटबलको चौथो चरणमा लिभरपुल प्रवेश, पेनाल्टीको सहारामा म्यानचेस्टर युनाइटेडको जित, ग्रिम्स्बीमाथि चेल्सीको ७ गोल
५) र, भारतले कास्मिरी जनताको इच्छा विपरीत धारा ३७० निलम्बन गर्नु अवैधानिक भएको पाकिस्तानी राजदूत जावेदको भनाई, गलत कदमको विरोध गर्नुपर्ने धारणा व्यक्त
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।