वीरगञ्ज- पर्सामा आज बिहान ७ बजेदेखि नै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य सुरु भएको छ।
यहाँ एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहको मतदान शान्ति पूर्णरुपमा सञ्चालन भइरहेको हो।
वीरगञ्ज महानगरपालिका–३ मा रहेको मालपोत कार्यालयको मतदान केन्द्रबाट ८७ वर्षीय वृद्ध असलम अन्सारीले समेत मतदान गरी आफ्नो मताधिकारको प्रयोग गरेका छन्।
यसैगरी सोही मतदान केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले मतदान गरे।
जिल्लामा दुई लाख ८० हजार २१२ जना मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न बिहानैदेखि मतदान केन्द्रमा जम्मा हुने क्रम बढ्दै गएको छ।
सुरक्षा व्यवस्था अति नै कडा पारिएपछि मतदाता निर्धक्क भई शान्तिपूर्णरुपमा मतदान गरिरहेका सुरक्षा अधिकारीले बताएका छन्। जिल्लामा १६७ मतदान स्थल र ३४४ मतदान केन्द्र रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।