वीरगञ्ज- स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा अहिले मतदान जारी छ।
बिहान ७ बजेदेखि मतदान समय तोकिए पनि मतदाता उत्साहित भई ५ बजेपछि नै मतदान केन्द्र पुगेका थिए । राति पानी परेपछि कतिपय ठाउँमा जलमग्न र हिलाम्य जमिनको परवाह नगरी मतदाताहरु भोट हाल्न पंक्तिबद्ध भएका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ।
प्रदेश नम्बर २ मा वीरगञ्ज महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा गरी एक सय ३६ स्थानीय तहमा निर्वाचन हुँदै छ।
हेर्नुस् तस्बिरमा-







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।