दमक- अन्तर्राष्ट्रिय झापाली समाजको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन असोज अन्तिम साता विर्तामोडमा हुने भएको छ।
वैदेशिक रोजगारी, अध्ययनका क्रममा विश्वका विभिन्न १८ वटा देशमा पुगेका समाजमा आबद्ध प्रवासीले आफ्नै जिल्लामा विकास निर्माणमा योगदान पुर्याआउने उद्देश्यले पहिलोपटक झापाको विर्तामोडमा असोज २४ र २५ गते दुई दिवसीय प्रथम अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेका हुन्।
समाजका प्रवक्ता छत्र सुब्बाका अनुसार सम्मेलनलाई सफल पार्न आवश्यक तयारी तीव्र पारिएको छ। उक्त अन्तर्राष्ट्रिय सम्मेलनले झापाको विकासमा प्रवासी झापालीको योगदान, भावी योजनासहितका विविध विषयमा बृहत् छलफल हुने प्रवक्ता सुब्बाले जानकारी दिए।
सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधि, पर्यवेक्षकको व्यवस्थापनका लागि समाजको बैठकले ५ सदस्यीय समन्वय उपसमितिसमेत गठन गरिएको समाजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सम्मेलनमा १८ देशमा क्रियाशील समाजका ५ सय बढी प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहनेछ। विभिन्न देशमा क्रियाशील झापाली संस्थाको समन्वयमा गत वर्ष मात्र सो अन्तर्राष्ट्रिय झापाली समाज गठन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।