सप्तरी- तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ को सप्तरीमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान कार्य सुरु भएको छ।
बिहान ५ बजेदेखि नै लामबद्ध भई मतदाता मतदान कार्यमा लागेका छन् । निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले बिहान ७ बजे मतदान गरेका छन्।
उनले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नम्बर २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी मतदान गरे । सो केन्द्रमा सर्वप्रथम उनले मतदान गरेका हुन्।
सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिका गरी कूल १८ स्थानीय तहमा ८ सय ५६ जनप्रतिनिधि चयनका लागि मतदान भइरहेको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।