मलंगवा- सर्लाही क्षेत्र नम्बर ६ को बलरामा नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहको गाडीमा सवार उनका भाइ कमलेशमाथि राजपा कार्यकर्ताबाट हुलहुज्जत भएपछि प्रहरीले एक राउण्ड गोली चलाएको छ।
अमरेशका भाइले निर्वाचन आचारसंहिता विपरीत आफ्नो दाजुको गाडी र निजी सुरक्षागार्ड प्रयोग गरी चुनावी अभियान चलाइरहेका थिए । सो को विरोधमा राजपा कार्यकर्ताले आइतबार मध्यरात गाडी रोक्न खोज्दा झडपको स्थिति पैदा भएको हो।
घटनामा कोही घाइते भने भएनन्।
अमरेश संविधानसभाको दोस्रो निर्वाचनबाट सर्लाही क्षेत्र नम्बर ६ का सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।