मेलम्ची- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
आफ्नै नाताभित्रको एक महिलालाई बेचेको अभियोगमा छापभञ्ज्याङका २६ वर्षीय सुवास कार्कीलाई प्रहरीले पक्रेको हो। मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएका उनी २०६९ चैत २८ देखि फरार थिए।
विशेष सूचनाका आधारमा प्रहरीले अभियुक्त कार्कीलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए।
मानव बेचबिखनमा निज अभियुक्तका बाबुछोरा नै संलग्न रहेका थिए। अहिले अभियुक्तका बाबु रामचन्द्र कार्की सुन्दरा कारागारमा जेलजीवन काटिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।