नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ असोज ५ आइतबार | Sunday, September 22, 2019 १९:२३:०० मा प्रकाशित

काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरूः

१) दसैंको टिकट बुकिङ खुल्यो, काउन्टरमा यात्रुको चाप, सार्वजनिक सवारी साधनको भाडा पुरानै ।  

२) काठमाडौं प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजनाः कुकुर स्न्याफिङदेखि एम्बुसिङसम्म, घटना हुने बित्तिकै २५ टोलीले सीमा सिल गर्ने ।

३) भारतमा १० प्रतिशतसम्मे आयकरको दर कटौतीको घोषणा, नेपालमा पनि कर घटाउनुपर्ने दबाब ।

४) यु १८ साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालको लज्जास्पद हार, भुटानसँग ३–० ले पराजित, सेमिफाइनल पुग्ने सम्भावना कठिन ।

५) र, साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा आक्रमणको जिम्मेवारी लिने हुथीद्वारा शान्ति प्रक्रियामा आउने प्रस्ताव, राष्ट्र संघद्वारा स्वागत ।

पूरा समाचार भिडियोमा