राजविराज- राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि आज हुने सो वडाको मतदान कार्य स्थगित भएको छ।
साबिकको देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका–१५ बस्ने वडाध्यक्ष उम्मेदवार ६५ वर्षीय यादव केही दिनयता रक्त क्यान्सरबाट पीडित थिए। शनिबार साँझ घरमै उनको निधन भएको थियो।
यादवको निधनका कारण राजविराज नगरपालिका वडा नं १५ को निर्वाचन सारेर असोज ५ गते मतदान हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए।
प्रदेश नं २ अन्तर्गत सप्तरीमा हुने स्थानीय तह निर्वाचनका लागि उनले राजविराज नगरपालिका वडा नं १५ बाट राजपा नेपालका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।