



काठमाडौं– टि–२० क्रिकेटका स्टार ब्याट्सम्यान क्रिस गेलले आफ्नो नाममा अर्को उपलब्धि जोडेका छन्। वेष्ट इन्डिजका यी ब्याट्सम्यानले टि–२० क्रिकेटमा एक सय छक्का पुरा गर्ने नयाँ र अनौठौं कीर्तिमान बनाएका छन्।
विश्व क्रिकेटको सर्ट भर्सन मानिने टि–२० क्रिकेटमा सय छक्का पुरा गर्ने गेल एक्लो ब्याट्सम्यान हुन्। इङ्ल्यान्डविरुद्ध क्यारेबियाका यी ब्याट्सम्यानले ४० रनको इनिङ खेलेका थिए। यो खेलभन्दा अघि उनले ९९ छक्का हानेका थिए।
उनले ५२ खेल खेल्ने क्रममा यो उपलब्धि पुरा गरेका हुन्। उनले कूल १ हजार ५ सय ७७ रन बनाएका छन्। यस क्रममा उनले २ सतक र १३ अर्धसतक पुरा गरेका छन्। उनको नाममा १ सय ३४ चौका प्रहार गर्ने कीर्तिमान पनि छ।
गेलपछि सर्वाधिक छक्का प्रहार गर्ने सूचीमा न्युजिल्यान्डका ब्रान्डन म्याकुलमको नाम आउछ। उनले ९१ छक्का प्रहार गरेका छन्। म्याकुलमले गेलभन्दा ७१ वटा टि–२० बढि खेलेका छन्। उनको नाममा पनि २ सतक र १३ अर्धसतक छ। यसपछि अस्ट्रेलियाका शेन वाटसनको नाम आउछ। उनले ५८ खेलमा ८३ छक्का प्रहार गरेका थिए। म्याकुलम र वाटसन दुवैले सन्यास लिइसकेको अवस्थामा गेलको कीर्तिमान भंग गर्न अन्य खेलाडीलाई लामो समय कुर्नु पर्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।