• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चिल र स्यालको समेत पूजा हुने पर्व जितिया, निराहार व्रतमा मिथिलाञ्चलका महिला

कसरी मनाइन्छ?
64x64
नेपाल लाइभ शुक्रबार, असोज ३, २०७६  २२:३०
1140x725

जनकपुर- जितिया पर्व जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आजदेखि धार्मिक विधिअनुसार मनाउन सुरु भएको छ।

व्रत बस्नुअघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ चिउरा, दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खान्छन्। आजको दिनलाई ‘नहा खा’ अर्थात् नुहाएर खानु भनिन्छ।

शुक्रबार बिहान ४ बजेदेखि पानीसमेत नखाई उपवास बसेकी वर्तालु महिलाले शनिबार बिहान १० बजे व्रत सम्पन्न गर्नेछिन्।

व्रतालुले आज जनकपुरधामको पवित्र जलासय गङ्गासागर, अरगजसर, धनुष सागर, गोरधोई पोखरीलगायत पोखरी र नदीमा स्नान गरी जितमाहनको कथा सुनेर व्रतको शुभारम्भ गरेका छन्। यस्तोमा वृद्ध उमेरकाले भन्ने र तन्नेरीले सुन्ने चलन रहेको छ।

व्रत बस्नु अघिल्लो दिन व्रतालुले विभिन्न जलासयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ। देवतालाई चढाएकै तेलमध्येबाट आ-आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ।

व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा 'माछ मरुवा' भनिन्छ। विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिलाले ओठगन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ।

प्रायःजसो महिलाले ओठगनमा चिउरा, दही खाने गरेको पाइन्छ। त्यसपछि निराहार उपवासको क्रम सुरु हुन्छ। आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष रहेको पण्डित लालबाबु झा बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

झाका अनुसार सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको छ। पुरोहित इन्द्रकान्त झाले यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने बताउँछन्। पितृपक्षमा मनाइने पर्वमा महिलाले आफ्नो दिङ्वगत पितृलाई पिण्ड चढाउँछन्।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा लिइन्छ। उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने पनि व्रत असफल भएको मानिन्छ। त्यसैले होला यस पर्वलाई 'खर जितिया' पनि भनिन्छ। फेरि एकपटक असफल भएकी व्रती महिला आजीवन व्रत बस्न पाउँदिनन्।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई 'जिमुत बहान' नामाकरण गरी राजाको सम्झनामा उपवास बसेर यो व्रत सुरु भएको पौराणिक कथन छ।

जितिया पर्वबारे मधेसमा एउटा भनाइ छः

जितिया पावनी बड भारी
धियापूताके ठोकी सुतौलनी
अपने खयलनी भरि थारी

अर्थात् 'जितिया पर्व निकै कठिन छ। यो पर्व मान्न आमाले छोराछोरीलाई ठोक-ठाक पारेर सुताइदिन्छे अनि आफू थालभरी खान्छे। तर, वास्तविकता त्यो होइन, त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सतर्कताका क्रममा गरिने चरणको कार्य मात्र हो।'

यस पर्वको आफ्नै विशिष्ट विधिविधान रहेको छ। पर्वको एक दिनपूर्व अर्थात् आश्विन कृष्ण सप्तमीका दिन सधवा स्त्रीगण माछा एवम् कोदोको रोटी खाने गर्छन् भने विधवाद्वारा भात, चिउरा, कोदोको रोटी खाने परम्परा रहेको छ। शाकाहारी हुनेले स्नान गरेर गम्हरी (कोसा भित्रै फल्ने धान)को खीर वा भात पनि खाने चलन छ।

अष्टमी तिथिको बिहान ३/४ बजेतिर नै प्रत्येक महिलाले आचमन शुद्ध गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राख्छन्। त्यसपछि दिनरात उपवासमा बस्नुपर्ने भएकाले छाकभरी भोजन गर्छन्। महिलाले व्रत बस्नुभन्दा पहिला नै खाने गरेकाले नै होला, यस व्रतका सन्दर्भमा माथि उल्लेख गरिएको भनाइको चलन भएको विश्वास छ।

बच्चा ब्युँझेपछि तिनका आमाले तिनको मुख, हात धुन लगाई रातिमा तिनका लागि घिरौँलाका पातमा राखेका नैवेद्य स्वरुपको चिउरा, दही खान दिन्छन् र आफू दिनरात उपवासमा बसेर जिमुतवाहन तथा चिल र स्यालको कथा सुन्छन्। जुन दिन नुहाएर खाइन्छ त्यसको भोर (बिहानी पख)मा घरको भित्तामा अडेस लिएर मन्त्र पढिन्छ, जसलाई ओङ्गठन भनिन्छ। ओङ्गठनको मन्त्र यसप्रकार छः

धियाके जनम जनि दिय हे विधाता
देवनि सहोदर जेठ भाय
घैलाके ओङ्गठन गेरुली
बहिनियाँके ओङ्गठन भाय।।

भोलिपल्ट बिहानै सकारै उठेर व्रती महिलाले पोखरी, नदीमा गएर स्नान गर्छन् र त्यही डिलमा घिरौँलाको पात, कचौरामा लगेको तेल लगाई त्यसमाथि हल चढाएर अर्घ दिइसकेपछि घर आउँछन्। त्यसपछि आ-आफ्ना सन्तानका कपालमा कचौरामा रहेको सो पूजनको तेल लगाइदिने चलन रहेको छ। यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रती महिला आफू पनि पारायण गरेर पर्वको समापन गर्छन्।

यसरी गरिन्छ जिमुतवाहनको पूजा
कृष्णअष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान सूर्यलाई अर्घ दिन्छन्। त्यसपछि व्रतको संकल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ। डालीमा नरिवल, काँक्रो, स्याउ, केरा लगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ।

मध्याह्नतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देउताका बारेमा एउटी व्रतालु महिलाले कथावाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ-आफ्ना घर फर्किन्छन्। साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ। त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोकोे चिलको आकृति र हागामुनि स्यालको आकृति बनाउँछन्। त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन्।

को हुन् जिमुतवाहन?
भविष्य पुराणमा वर्णन गरिएअनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए। उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए।

चिल र स्यालको पूजा
हिन्दु धर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ।

सोअनुरूप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसो लगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ।

यस्तो छ जितिया पर्व कथा
कथन छ- कनकावती नगरको मध्यभाग स्थित नर्मदा नदीको डिलमा पाकरीको रूखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल। दुई वटैको बीचमा घनिष्ठ मित्रता थियो। एक दिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रूखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए।

व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो। दुवैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे।

सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो। मृतकका आफन्तले शवको अधिकांंश भाग जलेपछि छोडेर घर फर्के। उनीहरू फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो। साथी चिललाई थाहै नदिई उसले मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो।

दुवैको जन्म भास्कर नामक ब्राह्मणको घरमा भयो। पूर्वजन्ममा चिलको शिलावती र स्यालको कर्पुरावतीका रूपमा जन्म भयो। जेठी शिलावतीको विवाह धनवानको घरमा र कर्पुरावतीको राजाको घरमा। जेठी शिलावतीका सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको छोरा जन्मियो। यद्यपि उनको मृत्यु भयो।

वर्षांपछि दुवैको सम्बन्ध चिसिँदै गएपछि जेठी शिलावतीले आफ्नी बहिनीलाई पूर्वको घटना स्मरण गराउँदै व्रत भङ्ग गरेको कारण यस जन्ममा तिम्रो सन्तानको मृत्यु भएको भनी जानकारी गराएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। त्यसैकारणले यो व्रत जति कठोर भए पनि कसैले खण्डित गर्न चाहँदैनन्।

थारू जनजातिका महिलाबीच लोकप्रिय पर्व जितिया
थारू जनजातिका महिलाबीच पनि यो पर्व लोकप्रिय रहेको छ।

थारू समुदायमा विवाहित महिलाले आफ्ना सन्तति र पतिको सुखशान्तिको कामना गर्दै निराहार व्रत बसी ३ दिनसम्म यो पर्व मनाउने गर्छन्। यस समुदायमा पर्वको पहिलो दिन पिना र पहेँलो माटो मुछेर घिरौँलाका पातमा घिरौँलाकै फूलबाट पूजा गरिन्छ र त्यही माटोबाट कपाल नुहाइन्छ।

भोलिपल्ट बिहान कुलदेवता बस्ने घरको पिँढीमाथि चिल र पिँढीदेखि तल स्यालको पूजा गरिन्छ। पर्वको तेस्रो दिन बिहान घरको आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ।

दसैं आगमनको संकेत
जितिया पर्वलाई दसैं आगमनको संकेतका रूपमा पनि लिइन्छ।

कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ। यस पर्वमा आफ्ना कुलका मृत श्रेष्ठ महिलाको स्मरण गर्दै पूजन गरिन्छ। छोरा र छोरीमा भेदभाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले यसलाई अचेल आफ्ना सन्तानको कल्याणका लागि मनाइने पर्व पनि भन्न थालिएको छ।

ऐतिहासिक यस भू-भागमा बसोबास गर्ने मुस्लिम बाहेकका महिलाको पर्वका रूपमा पनि यसले आफ्नो अस्तित्व हालसम्म कायम राखेको छ।

मिथिला क्षेत्रमा एउटा भनाइ प्रसिद्ध छः

जितिया, दसैं, दशमी, दशमी बीसे
सुकराति, सुकराति छवे छठि।।

अर्थात् 'जितियाको दश दिनपछि दसैं, दसैंको बीस दिनपछि दिपावली र दिपावलीको ६ दिनपछि छठ पर्व हुने गर्दछ'। यस भनाइले पनि जितिया सकिएपछि विजयादशमी नजिकिएको प्रष्ट पार्दछ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरबाट रिलिज भएका ओपनर भएका ओपनर आशिफ लुम्बिनी लायन्समा
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ
एडीबीसँग सरकारले गर्‍यो २५ अर्ब ऋण सम्झौता
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
जनकपुरबाट रिलिज भएका ओपनर भएका ओपनर आशिफ लुम्बिनी लायन्समा सोमबार, असार २२, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एडीबीसँग सरकारले गर्‍यो २५ अर्ब ऋण सम्झौता सोमबार, असार २२, २०८३
असारको तेस्रो सातासम्म देशभर ३२ प्रतिशत मात्रै रोपाइँ सोमबार, असार २२, २०८३
एनपीएल सिजन ३ को मिनि अक्सन सुरु सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
हालान्डको दुई गोलमा ब्राजिल नर्वेसँग पराजित सोमबार, असार २२, २०८३
सुनचाँदीको मूल्य घट्यो सोमबार, असार २२, २०८३
दश खेलाडीमा सीमित इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–१ गोलले हरायो सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्