काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा मुलुकको समसामयिक परिस्थितिबारे कुराकानी भएको थियो।
राष्ट्रपतिको निजी सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री देउवाको आगामी संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागिता सन्दर्भमा कुराकानी भएको छ। प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको भ्रमणबारे बिदाइ भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री देउवा यही असोज ३ गते संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन अमेरिका जाँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।