काठमाडौं– राजेश पायल राईको ‘दर्शन नमस्ते–३’ सार्वजनिक भएको छ । आइतबार साँझ युट्युवमार्फत उनले ‘दर्शन नमस्ते’को तेस्रो सिक्वेल यति ‘किन यति धेरै माया लाग्छ नि हाउ’ सार्वजनिक गरेका हुन् ।
गीतमा महेश खड्काको शब्द र संगीत छ । नृत्य निर्देशक कमल राईले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् । गीतमा तक्मे बुढा अर्थात् विल्सन विक्रम राई, चर्चित मोडल एलिशा राई र अभिनेत्री अरुणा कार्कीले अभिनय गरेका छन् । गीतलाई बिन्दबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।