नगरकोट– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले अब संगठन तथा सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन्।
सर्वमान्य नेता गणेशमान सिंहको २० औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ ले भक्तपुरको दुवाकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले समयको मागअनुसार कांग्रेसमा परिवर्तन नआए जनआधार गुम्ने बताए। उनले पार्टीले गणेशमान सिंहको विचार र सिद्धान्तलाई बिर्सिदै गएको बताए।
पार्टीमा लामो समय काम गरिसकेको भावना कदर गर्न नसकेको नतिजा गत निर्वाचनको परिणामले देखाएकाले अबको निर्वाचनमा कार्यकर्ता निर्णयमा उम्मेदवार छनोट गर्नसके काँग्रेस पहिलो पार्टी बन्ने नेता सिंहले बताए।
पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले काँग्रेसको नेतृत्वमा संविधान जारी जारी भएको बताए। अब प्रदेश तथा केन्द्रको निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएपश्चात् संविधानको कार्यान्वयन पनि हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।