• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

के इजरायलमा नेतन्याहु युग समाप्त हुँदैछ?

64x64
नेपाल लाइभ शुक्रबार, असोज ३, २०७६  २०:१२
1140x725

जेरुसेलम- स्थानीय सञ्चारमाध्यमले चुनाव आयोगको स्रोतलाई हवला दिँदै प्रकाशित गरेको चुनावी परिणाम अनुसार वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीले १२० मध्ये ३२ सिट प्राप्त गरेको छ।

६ महिनाको अवधिमा भएको दोस्रो आम निर्वाचनमा यस्तो परिणाम आएको हो। उनको मुख्य विपक्षी दल ब्लू एन्ड ह्वाइट पार्टीको पनि उत्ति नै सिट प्राप्त भएको पाइएको छ। यस्तो अवस्थामा कुनै पनि पार्टीले स्पष्ट रुपमा बहुमत पाएको दाबी गर्न सक्ने अवस्था देखिन्न।

दुवै पार्टीका नेता सम्पूर्ण परिणाम आउनुभन्दा अघि नै सहयोग पार्टीसँग परामर्शमा व्यस्त रहेका छन्। नेतन्याहुको नेतृत्वको दक्षिणपन्थी ब्लकको ५६ सिट प्राप्त हुने देखिएको छ। उनको विपक्षमा रहेको ब्लकको ५५ सिट हुने देखिन्छ। अन्य ९ सिट भने कुनै पनि ब्लकको सर्मथनमा रहेको देखिँदैन। सरकार गठनका लागि कम्तीमा ६१ सिट हुनुपर्नेछ। त्यसका लागि एक राष्ट्रिय एकताको सरकार बन्ने सम्भावना मात्र प्रबल देखिएको छ।

विपक्षी नेता एविगडोर लीवरम्यान जो पहिले नेतन्याहुकै सरकारको विदेश र रक्षामन्त्री रहेका थिए, उनी यस निर्वाचनको परिणामले सत्ताको साँचो बोकेको व्यक्तिको रुपमा उदाएका छन्। उनको नेतृत्वमा रहेको इजरायल बेतेनु पार्टीले ९ सिट जित्ने देखिन्छ। यी अल्ट्रा–नेसनलिष्ट नेताले स्ष्पट पारेका छन् कि अहिलेको आवश्यकता राष्ट्रिय एकताको सरकार हो।

अहिलेको निर्वाचन परिणामको अवस्था हेर्दा इजरायल बेतुन पार्टीको सर्मथनविना कुनै पनि सरकार गठन हुने सम्भावना छैन।


बुधबार राति १० बजे मतदान समाप्त भएपछि आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै लीवरम्यानले देश राजनीतिक र आर्थिक दुवै रुपमा आपतकालीन स्थितिमा रहेको बताएका थिए। यस्तो अवस्थामा राष्ट्रिय एकताको सरकार निर्माण हुनुपर्ने उनको राय थियो। यो राय हेर्दा उनले नेतन्याहुको विपक्षी सरकार निर्माण गर्ने संकेत गरेको बुझ्न सकिन्छ। किनकि आजभन्दा ठिक पाँच महिनाअघि  लीवरम्यान नेतन्याहुको सरकारबाट बाहिरिएका थिए।

जब नेतन्याहु एक सांसदले चुके
अप्रिल ९ को चुनावपछि इजरायल बेतुन पार्टीले प्रधानमन्त्रीको पदका लागि नेतन्याहुको नाम राष्ट्रपति रुवेन रिवलिनसँग सिफारिस गरेको थियो। तर सैन्य सेवाबाट अल्ट्रा–अर्थोडक्स (पुरातनवादी यहुदी) यहुदीको छुट दिनुपर्ने विषयमा विवाद भएको थियो। यो विवाद यति गहिरो भयो कि नेतन्याहु नेतृत्वमा बन्न लागेको दक्षिणपन्थी सरकारमा सहभागी हुन अस्वीकार गर्ने अवस्था निर्माण भयो।

Ncell 2
Ncell 2
nimb
nimb

इजरायल बेतुनको सर्मथनविना नेतन्याहु ६१ सदस्य सांसद आफ्नो पक्षमा जुटाउन असफल भए। उनको पक्षमा ६० मत भयो तर एक मत कम प्राप्त भयो। जसका कारण उनले संसद भङ्ग गरे र पुन: आम निर्वाचनको घोषणा गरे।


इजरायलको इतिहासमा पहिलो पटक यस्तो अवस्थाको सिर्जना भयो जब १६० दिनको अन्तरालमा दोस्रो पटक आम निर्वाचन भयो। निर्वाचनपछि आउन लागेको परिणामले धेरै संकेतहरु दिने देखिएको छ।

पहिलो रुपमा के इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको युग समाप्त हुँदैछ? इजरायलको इतिहासमा सर्वाधिक समयसम्म प्रधानमन्त्रीको पद ओगट्न सफल भएका नेतन्याहु यो पटक नयाँ रेकर्ड बनाउँदै थिए। पाँचौ पटक प्रधानमन्त्री बन्ने उनको यो चाहना असफल हुन लागेको देखिन्छ। 

अन्तर्राष्ट्रिय प्लटमा इजरायलको सदावहार प्रधानमन्त्री बनेको नेतन्याहु अब राजनीतिक प्लटमा पनि यसैगरी लोभ होलान् वा फेरि नयाँ यात्रा सुरु गर्लान् त भन्ने जिज्ञासा उठिरहेको छ। इजरालयको प्रधानमन्त्री पद पुन: प्राप्त गर्नका लागि नेतन्याहुलाई एक अर्को पार्टीको समर्थन हासिल हुन जरुरी छ। जो उनको दक्षिणपन्थी ब्लकमा सहभागी छैन।

Xtrem

Xtrem

हालसम्म सबै पार्टीले दक्षिणपन्थी ब्लकमा सहभागी हुन अस्वीकार गरेका छन् तर राजनीतिक कुनै पनि नयाँ सम्भावनाको भने अस्वीकार गर्न सक्दैन।


अर्कोतर्फ यदि राष्ट्रिय सरकार उनी विरुद्धको गठबन्धन बनेमा नेतन्याहुको राजनीतिक भविष्यमा के असर पर्ला त?

यस्तो परिस्थितिमा आम रुपमा दुवै पार्टीका नेताहरुले २/२ वर्षका लागि प्रधानमन्त्री हुने भागबन्डासमेत गर्न सक्दछन्। यो किन सम्भावना छ भने यस्तो अभ्यास यसअघि पनि इजरालयमा भइसकेको छ। तर यस्तो परिस्थितिमा नेतन्याहुका लागि सबैभन्दा ठूलो चुनौती भनेको आफ्नै सांसदलाई आफ्नो पकडमा राखिराख्न मुस्किल हुन सक्ने देखिन्छ।

नेतन्याहुको विरुद्धमा धेरै भ्रष्टाचारका आरोपहरु रहका छन्। ब्ल्यू एन्ड ह्वाइट पार्टीका नेता बैनी गैन्ट्सले यसअघि नै स्पष्ट पारिसकेका छन् कि उनी नेतन्याहु जस्तो अनियमिततामा संलग्न भएको व्यक्तिको नेतृत्व स्वीकार गर्ने छैनन्। यदि यो वचनबाट उनी पछाडि हटेनन् भने कि त लिकुड पार्टीले आफ्नो नेता परिर्वतन गर्नुपर्ने छ नत्र सरकारबाहिर नै बस्नुपर्नेछ। यदि यो विकल्पमा गयो भने के नेतन्याहुको पार्टीका सांसदहरु यस्तो अवस्थामा उनको साथ दिन तयार हुनेछन्?

यसरी ठूला पार्टीहरु एकापसमा सरकार निर्माण गर्ने रस्साकस्सीमा भइरहँदा दोस्रो पटक भएको यो निर्वाचनले नयाँ समूह खडा गरेको छ।

अरब आवादीद्वारा समर्थन गरिएको जोइन्ट युनिटी लिष्ट यो चुनावको सबैभन्दा ठूलो विजेता देखिएको छ। यसको तर्फबाट सांसदमा १२ सांसद सहभागी हुनेछन्। चुनाव आयोग स्रोतका अनुसार अप्रिल ९ को निर्वाचनमा ५० प्रतिशतभन्दा कम अरब मतदाताले मतदान गरेका छन्। उक्त क्षेत्रमा करिब १३ प्रतिशत भोट बढेको छ। आम रुपमा अरब पार्टीहरु कुनै पनि सरकारमा सहभागी हुँदैनन्। तर जोइन्ट युनिटीका नेता अयमान ओदेहले आफ्नो कुनै अडान नरहेको बताए।


यसरी स्पष्ट बहुमत कुनै पनि पार्टीले हासिल गर्न नसकेपछि अब सबैको नजर राष्ट्रपति रुबेन रिवलिनमाथि रहेको छ। तेस्रो असफल निर्वाचन गर्ने कि नयाँ सरकार गठनका लागि सबै विकल्पमा छलफल गर्ने भन्ने राष्ट्रपतिको हातमा रहेको देखिन्छ।

राष्ट्रपतिका सञ्चार सल्लाहकार जोनाथन कम्मिग्सले निर्वाचनको अन्तिम परिणाम आएपछि सबै दलबीच छलफल गरी सरकार गठनको विकल्प तयार हुने बताए। उनले अहिले निर्वाचन आयोगसँग निरन्तर सम्पर्क भइरहेको र अन्तिम परिणाम घोषणा भएपछि यसबारेमा काम हुने बताए। उनले राष्ट्रपति रिवलिनको पूरा प्रयास जनताको मतको ध्यानमा राख्दै सही निर्णय गर्ने पक्षमा हुने बताए। उनले राष्ट्रपति फेरि निर्वाचन हुने कुरा रोक्ने पक्षमा प्रयास गर्ने समेत बताएका छन्। (बिबिसी हिन्दीबाट)

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने
बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि, ६ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु मृतकमध्ये तीन बालबालिका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ भारतको राजधानी दिल्लीमा मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गर्न पुगेका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र ममता बनर... शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिइएकोमा पुनः असन्तुष्टि जनाउँदै यस निर्णयले नर्वेको प... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि, ६ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा तीन चरणमा बाढी : आरूघाटमा दोस्रो बाढीले खतराको तह पार गर्‍यो, साँझसम्म सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्