चेन्नई– भारतीय कप्तान विराट कोहली आइतबारदेखि अस्ट्रेलियाविरुद्ध सुरु भएको एकदिवसीय शृंखलाको पहिलो खेलमा शुन्यमै आउट भएका छन्। उनलाई चौथो बलमा नाथन कोल्टेयर निलले ब्याकवर्ड प्वाइन्टमा ग्लेन मेक्सवेलबाट क्याच आउट गराए। मेक्सवेलले उत्कृष्ट क्याच समातेका थिए।
कोहलीले अस्ट्रेलियाविरुद्ध यो वर्ष राम्रो प्रदर्शन गर्न सकेका छैनन्। उनले २०१७ सालमा अस्ट्रेलियासँग खेलेको ६ खेलमा ७ दशमलव ६६ को औसतले ४६ रन मात्र बनाएका छन्।
भारत र अस्ट्रेलियाबीच आइतबारबाट सुरु भएको ५ वटा एकदिवसीयको शृंखलाअन्तर्गत चेन्नईको चिन्नास्वामी रंगशालामा खेल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।