नयाँ दिल्ली (एजेन्सी)– भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको अटो एक्स्पो–२०१८ को विहिबार दोस्रो दिन होन्डाले नयाँ बाइक एक्स–ब्लेड सार्वजनिक गरेको छ। यो ‘मिड रेन्ज सेग्मेन्ट’ बाइक हो र यसको इन्जिन १ सय ६० सिसी छ। होन्डाले यसअघि पनि यही सेग्मेन्टको होन्डा सिबी होर्नेट बजारमा ल्याइसकेको छ। त्यसैले होर्नेटको केही अंश नयाँ बाइकमा पनि पाउन सकिन्छ।
एक्स–ब्लेडको डिजाइन निकै राम्रो छ। यसको विक्री मार्चदेखि सुरु हुने बताइएको छ। तर, रकमको खुलास भने कम्पनीले गरेको छैन्।
होन्डा एक्स–ब्लेडमा १ सय ६२ दशमलव ७ सिसीको सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन छ। यस्तै इन्जिन होर्नेटमा पनि छ। एक्स–ब्लेडमा भने १३ दशमलव ६ बिएचपी र ५ वटा स्पीड गियरबक्स छन्।
यस्तै, नयाँ बाइकमा टेलिस्कोपिक फ्रन्ट फार्क र गियरमा मोनोशक रहेको छ। दुईवटै टायरमा डिस्क छैन्, मात्र फ्रन्ट डिस्क लगाइएको छ।
होन्डा–एक्स ब्लेडको हेडलेप्स होर्नेटभन्दा भिन्न छ र यो एलइडीयुक्त छ। फ्युल ट्याक पनि पातलो राखिएको छ। टेल लाइट्स पनि एलइडीको छ।
युवाहरूलाई आकर्षित गर्न निमार्ण गरिएको यो बाइकले पल्सर एनएस १ सय ६० र सुजुकी जिंजरलाई कडा टक्कर दिने आशा गरिएको छ। होन्डाले यो बाइकलाई ५ वटा भिन्न कलर, मेट मार्भेल ब्लु मेटालिक, मेट फ्रोजेन सिल्भर, पर्ल ब्ल्याक, पर्ल स्पार्टन रेड र म्याट मार्शल ग्रीम मेटालिकमा उतारेको छ। बाइकको मूल्य भारतमा ८० देखि ९० हजारसम्म हुन सक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।