काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरू
१) परिवर्तन विरोधीको प्रतिकार गर्न पार्टीका युवा, विद्यार्थीलाई नेकपा अध्यक्ष दाहालको आह्वान, समाजवाद निर्माणको सपना पूरा गर्ने काममा लागिपर्न आग्रह
२) बाँके घटनालाई लिएर संसद्मा विवाद, सभामुखले ध्यान नपु¥याउँदा कांग्रेसको अवरोध, बैठक असोज १ गतेसम्मका लागि स्थगित
३) निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणविरुद्ध रुख काट्ने कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि आयोजना सचिवालयसम्म विपक्षी
४) आइसिसी प्रतिनिधि ख्वाजा र राखेप सदस्य सचिव सिलवालबीच भेटवार्ता, असोज १० र ११ गते नेपाल क्रिकेट संघको केन्द्रीय निर्वाचन गर्ने मिति तय
५) र, साउदी अरेबियाद्वारा तेल तथा ग्यासको उत्पादनमा झन्डै आधा कटौती, विश्वबजारमा इन्धनको मूल्य चार महिनायताकै उच्च
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।