न्यु दिल्ली (एजेन्सी)– मारुतीले आफ्नो नयाँ कार मारुती सुजुकी स्विफ्ट बजारमा ल्याएको छ। कम्पनीले राजधानी दिल्लीमा भइरहेको अटो एक्स्पोमा नयाँ पुस्ताको कार बजारमा सार्वजनिक गरेको हो।
मारुतीले बजारमा उतार्न लागेको नयाँ कारको मूल्य भारतमा ४ लाख ९९ हजार भारु राखेको बताएको छ। सार्वजनिक कार्यक्रममा कारको बुकिङ सुरु भएपनि यसको वितरण ६–८ महिनापछि मात्र सम्भव हुने बताएको छ। मारुती सुजुकीले सार्वजनिक गरेको नयाँ पुस्ताको यो कारको स्वरुप राम्रो र फिचर्स हाइटेक भएको बताइएको छ।
कम्पनीले आफ्नो नयाँ कारले अन्य कारलाई कडा टक्कर दिने बतायो। फिचर्समा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमका साथै एप्पल कार प्ले र इन्ड्रोएड अटो कनेक्टिभिटी, प्रोजेक्टर हेन्डलेप्स, एलइडी डेटाइम रनिङ लाइट्स र डाइमन्ड कट अलाय व्हिल्स समावेश छ।
कारमा सुरक्षाको पनि धेरै कुरा राखिएको छ, जसमा डुअल एयरव्याग, एन्टीलग ब्रेकिङ सिस्टमका साथै इलेक्ट्रोनिक ब्रेक डिस्ट्रब्युसन समावेश छ। नयाँ जनरेशनको स्विफ्ट हेचबेकमा १ दशमलव २ लिटर के–सिरिज पेट्रोल इन्जिन छ। इन्जिनले ८२ एमबिपी पावर र १ सय १३ एनएम पिक टार्क जेनरेट गर्ने क्षमता राख्छ।
यसका साथै कम्पनीले कारमा १ दशमलव ३ लिटर डीजल इन्जिन पनि राखेको छ, जसले ७४ एमएचपी पावर र १ सय ९० एनएम पिक टार्क जेनरेट गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।