काठमाडौं– गायक प्रकाश सपुतले दशैंको छेकमा आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । विदेशमा रहेका लाखौं नेपालीको यथार्थलाई मौलिक भाका ढालेर उनले ‘चरर बरर धरर’ गीत सार्वजनिक गरेका हुन् ।
गीतमा प्रकाश सँगै सम्झना लामिछाने मगरको स्वर रहेको छ। गीतको म्युजिक भिडियो बनाइएको छ । भिडियोमा प्रकाश र सम्झनाले नै अभिनय गरेका छन् ।
संगीत संयोजन आशिष अविरलले गरेका छन् भने शब्द र संगीत प्रकाशकै रहेको छ । म्युजिक भिडियोका निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।