



नयाँ दिल्ली– बलिउडकी युवा ढुकढुकी आलिया भट्ट र सिद्धार्थ मल्होत्राको सम्बन्ध बिग्रिएको छ। ज्याकलिन फर्नान्डिससँग सिद्धार्थको बढ्दो हिमचिमका कारण आलियाले आफ्नो प्रेमीसँग सम्बन्ध तोडेपछि उनी पुरानो साथीसँग रोमान्स गर्दै गरेको देखिएकी छिन्।
सिद्धार्थभन्दा पहिले आलियाको सम्बन्ध अली दादरकरसँग थियो। यतिबेला उनी प्रायः अलीसँगै पार्टीमा हिडेको देखिन्छिन्। आलिया पछिल्लो समय अली र उनको केटी साथी आकांक्षा रन्जनसँग एउटा पार्टीमा रमाइलो गर्दै गरेको देखिएकी थिइन्। रिपोर्टका अनुसार आलिया र अली स्कुलदेखिका साथी हुन्। मुम्बईमा बसोबास गर्ने अली अहिले लन्डनमा बस्छन्। उनीहरुले लामो समय ‘डेट’ गरेका थिए।
तर, ‘स्टुडेन्ड अफ दि इयर’ बाट फिल्मी करिअर सुरु गरेकी आलियाको त्यसपछि अलीसँग ‘ब्रेकअप’ भएको थियो। यसपछि आलियाको नाम सिद्धार्थ मल्होत्रासँग जोडिएको थियो।
आलिया अहिले कश्मिरमा छिन्। र, अलीसँग समय विताइरहेको बताइएको छ। आइतबार विहान आलियाले एउटा तस्वीर सार्वजनिक गरेकी छिन्, जसमा उनी आकांक्षासँग कश्मिरी कावां पिउँदै गरेको देखिएका थिए। आलिया हाल मेघना गुलजारको फिल्म ‘राजी’ को सुटिङमा व्यस्त छिन्। फिल्ममा उनको जोडी विक्की कौशल छन्। यसपछि आलिया दुई वटा फिल्म रणवीर सिंहसँग ‘गुली ब्वाई’ र रणबीर कपुरसँग ‘ड्राइगन’ को सुटिङमा व्यस्त रहने छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।