काठमाडौं– नेपालका युवा स्पिनर सन्दीप लामिछाने लगातार दोस्रो प्रतियोतिगामा उत्कृष्ट खेलाडी घोषित भएका छन्।
आइतबार मलेसियामा सम्पन्न एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सन्दीप उत्कृष्ट खेलाडी घोषित भएका हुन्। सन्दीपले प्रतियोगितामा ५ खेल खेलेर १६ विकेट लिए।
यसअघि सन्दीप सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा पनि उत्कृष्ट खेलाडी घोषित भएका थिए। सो प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बन्ने क्रममा उनले २४ विकेट लिएका थिए।

मलेसियामा नेपाललाई च्याम्पियन बनाउने क्रममा सन्दीपले पाँचै खेलमा विकेट लिन सफल भए। हङकङविरुद्ध फाइनलमा ३ विकेट लिएका सन्दीपले सेमिफाइनलमा मलेसियाविरुद्ध १ विकेट लिए। समूह चरणमा उनले सिंगापुरविरुद्ध १, भुटानविरुद्ध ४ र थाइल्यान्डविरुद्ध ७ विकेट लिएका थिए।
प्रतियोगितामा बढी विकेट लिने खेलाडीको दोस्रो स्थानमा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी रहे। ऐरीले प्रतियोगिताभर १३ विकेट लिएका थिए।
सन्दीप प्रतियोगिताका उत्कृष्ट इकोनोमीमा बलिङ गर्ने खेलाडी पनि बन्न सफल भए। सन्दीपले ५ खेलमा १.४४ इकोनोमीमा बलिङ गरे।
यो पनि पढ्नुहोस् : जसको खेल माइकल क्लार्क पछ्याउँछन्
सिंगापुरका सिद्धान्त प्रतियोतिगाभर बढी रन बनाउने खेलाडी बने। सिद्धान्तले १ सय ७३ रन बनाए। नेपालका ओपनर सन्दीप सुनार १ सय ४३ रन बनाएर दोस्रो स्थानमा रहे। शतक बन्न नसकेको प्रतियोगिताको एकै इनिङमा बढी रन नेपालका अनिल साहले प्रहार गरे। उनले थाइल्यान्डविरुद्ध ९१ रन बनाए। अनिलले प्रतियोतिगाभर १ सय २९ रन जोडे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।