काठमाडौं– नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनेको छ। अाइतबार मलेसियाकाे किन्नारा ओभलमा भएको खेलमा हङकङलाई ५ विकेटले पराजित गरेर नेपालले उपाधि कब्जा गरेको हो। नेपालले एसियन क्रिकेट काउन्सिल (एसिसी) को यू–१९ प्रतियोगिता जितेको यो पाँचौ पटक हो।
यता उपाधिसँगै नेपाल यू–१९ एसिया कपमा छनाेट भएको छ। यही वर्ष मलेसियामै हुने यू–१९ एसिया कपका लागि भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सिधै छनोट भइसकेका छन्।
हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १४.४ ओभर खेलेर पार गर्यो। नेपालको जितमा प्रनित थापामगरले नटआउट १९ रनको योगदान गरे। उनले १५औं औभरमा २ छक्का र १ चौका प्रकार गरेका थिए।
यो पनि: हङकङलाई ५ विकेटले पराजित गरी पाँचाै पटक च्याम्पियन बनेको नेपाली टोलीको १५ तस्बिर
नेपालका ओपनरद्वय सन्दीप सुनार १९ तथा आरिफ शेख १ रनमा आउट भए। सन्दीपले २१ बल खेलेर ४ चौका प्रहार गरे। यस्तै अनिल साहले १६ रनको योगदान गरे। अनिलले १३ बल खेल्दा ३ चौका हिर्काए। कप्तान दीपेन्द्रसिंह ऐरी २२ रनमा आउट भए। ऐरीले २६ बलको सामना गर्दा ४ चौका हाने। सुमीत महर्जन भने शून्य रनमा आउट भए।
नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको हङकङ ३२.१ ओभरमा ७६ रनमा अलआउट भयो। हङकङको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछाने र सहाब अलामले ३/३ विकेट लिए। सुमित महर्जन र आसिफ शेखले हङकङका १–१ ब्याट्सम्यानलाई रनआउटको सिकार बनाए। दीपेन्द्रसिंह ऐरी र अनिल साहले १/१ विकेट हात पारे। सुमितले हङकङका झाथाभेदलाई १६ रन खेलिरहँदा रनआउटको सिकार बनाए। ओपनर हर्पित सिंहलाई २० रन बनाएर खेलिरहँदा सहाबले एलबिडब्लूको धरापमा पारे।
यसअघि नेपालले सेमिफाइनलमा मलेसियालाई १० विकेटले हराएर फाइनलमा पुगेको थियो। समूह चरणमा नेपालले थाइल्यान्ड, भुटान र सिंगापुरलार्इ हराएको थियो।
एसिसीको यू–१९ प्रतियोगितामा नेपाल सातौं पटक फाइनलमा पुगेको नेपालले उपाधि जितेको पाँचौ पटक हो। यसअघि ६ फाइनल मध्ये नेपालले चार पटक उपाधि जितेको थियो भने २ पटक उपविजेतामै सीमित बनेको थियो।
सन्दीप बने लगातार दोस्रो प्रतियोगितामा उत्कृष्ट खेलाडी
नेपाल सन् १९९९ को एसिसी यू–१९ एलिट कपको फाइनलमा पुगेको थियो। सिंगापुरमा भएको फाइनलमा नेपाललाई बंगलादेशले ६ विकेटले हराएको थियो। २००१ को फाइनलमा नेपालले मलेसियालाई ७ विकेटले हराएर उपाधि जितेको थियो। लगातार चार पटक उपाधि जित्ने क्रममा नेपालले सन् २००३ मा मलेसियालाई ३० रनले, सन् २००५ मा मलेसियालाई नै ७ विकेटले र २००७ मा अफगानिस्तानलाई ४८ रनले हराएर उपाधि जितेको थियो।
नेपालको ब्याटिङ स्कोरकार्ड
हङकङको बलिङ स्कोरकार्ड

हङकङको ब्याटिङ स्कोरकार्ड

नेपालको बलिङ स्कोरकार्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।