काठमाडौं– अभिनेत्री प्रियंका कार्की पहिलोपटक लोकदोहोरी गीतमा नाचेकी छन् । शिव सुवेदीको शब्द संगीत रहेको ‘नसोध कसैले’ बोलको गीतमा उनी नाचेकी हुन् । गीतमा नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको छ ।
प्रियंका कार्कीसँग अभिनेत जीवन भट्टराईले नै नृत्य गरेका छन् । गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् । राजिब समीरको कोरियोग्राफीमा अर्जुन तिवारीले क्यामरा चलाएका हुन् ।
फिनल्याण्डमा बस्दै आएका गायक नबिन भट्टराईको दोश्रो गीत हो ।
युरोपमा अध्ययनरत सुबेदीका ‘घामजस्तो चम्किलो जुन हुँँदैन’, ‘आमा तिम्रो दुधको भारा’, ‘कल्पनामै भएनी’, ‘खै हाम्रो दिलमा त’, ‘तिम्रै झल्को दियो’ लगायतका दर्जनौ गीत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।