काठमाडौं – एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले बलिङ गरेको नेपाल हङकङविरुद्ध हाबी भएको छ।
नेपालले २९ ओभरको खेल सकिदा ७ विकेट लिइसकेको छ। हङकङले ७२ रन जोडेको छ भने सुरुवाती ब्याट्सम्यान गुमाइसकेको छ।
नेपालका लागि साहब अलामले ३ विकेट लिए। भने अनिल साह १ तथा सन्दीप लामिछानेले २ विकेट हात पारे। सुमित महर्जनले हङकङका ओपनर हर्पित सिंहलाई २० रन बनाएर खेलिरहदा रनआउटको सिकार बनाएका छन्।
सहाब अलामको बारेमा पढ्नुहोस् – शक्तिलाई पछ्याउँदै सहाब, यू–१९ मा गर्लान् कमाल?
यसअघि नेपाल मलेसियालाई १० विकेटले हराएर फाइनलमा पुगेको थियो।
एसिसीको यू–१९ प्रतियोगितामा नेपाल सातौं पटक फाइनलमा पुगेको हो। यसअघि नेपालले ६ पटक फाइनलमा प्रतिस्पर्धा गरेको छ। ६ मध्ये नेपालले चार पटक उपाधि जितेको छ भने २ पटक उपविजेतामै सीमित बनेको छ। आइतबार हङकङलाई पराजित गर्न सके नेपालले पाँचौ पटक उपाधि जित्नेछ।
लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।