नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 १९:४८:०० मा प्रकाशित

काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) फेवाताल अतिक्रमणः सर्वोच्चले प्रधानमन्त्रीलाई अदालत बोलाएपछि फैसला कार्यान्वयन गर्न छलफल, गरिबी निवारण मन्त्रालयले देखायो तदारुकता ।

२) मलेसिया रोजगारीः प्राविधिक कमिटीको २ दिने संयुक्त बैठक निष्कर्षविहीन, बिहीबार पुनः बैठक ।

३) प्रदेश ३ सरकारले पुरानै व्यवस्थाअनुसार जरिवाना लिएर सवारीसाधनको नवीकरण गर्ने, १ सय प्रतिशतबाट ३२ मा झारियो ।

४) युरो कप छनोट खेलमा लिथुवानियाविरुद्ध रोनाल्डोको ४ गोल,  युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलको कीर्तिमान ।

५) र, जेनेभा बैठकमा पाकिस्तान विश्वकै आतंकवादको केन्द्र भएको भारतको दाबी, भारत विश्वकै ठूलो जेल भएको पाकिस्तानको आरोप ।

पूरा समाचार भिडियोमा