वासिङ्टन– अमेरिकी अतंरिक्ष एजेन्सी नेशनल एरोनोटिक एन्ड स्पेश एडमिनिस्ट्रेसन (नासा) का वैज्ञानिकले मंगलग्रहको अध्ययनमा यसको पर्पटी(क्रस्ट) त्यति बाक्लो नभएको बताएका छन्।
नासाका वैज्ञानिकले बनाएको मंगलग्रहको गुरुत्व मानचित्रको अध्ययनबाट यस्तो तथ्य बाहिर आएको हो। पहिले मंगलग्रहको क्रस्ट बाक्लो हुन सक्ने आशंका गरिएको थियो। तर, वैज्ञानिकहरुले नयाँ निस्कर्ष निकाल्दै मंगलग्रहको क्रस्ट सोचेजस्तो बाक्लो नभएको बताएका छन्। यसको अर्थ मंगलग्रहको एउटा पाटो कम्तिमा पनि पातलो छ।
नासाले नयाँ अध्ययनको निस्कर्षले मंगलग्रहको आन्तरिक संरचना र यसको विकाशलाई बुझन मद्धत पुग्ने बताएको छ। उनीहरुले मंगलमा खनिजको बेग्ला–बेग्लै मिश्रण हुनेतर्फ पनि संकेत गरेका छन्।
नासाको मंगल अभियानमा जुडेका सेन्डर गुसेन्सका अनुसार कुनै पनि ग्रहको इतिहास बुझ्न यसको पर्पटी बुझ्नु जरुरी छ। ‘मंगलग्रहको निमार्ण र विकाशमा कम घनत्वको भूमिका अहम हुन सक्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।