चर्चित बलिउड निर्देशक डेविड धवनका छोरा वरूण धवन हाल बलिउडका व्यस्त स्टारहरूमा पर्छन। फिल्म पिच्छे दर्शकलाई उनल आकृष्ट गरिरहेका छन् । 'जुडुवा २' फिल्म रिलिजका क्रममा छ भने थुप्रै फिल्म पाइपलाइनमा छन्। आजका यी व्यस्त स्टारलाई एक समय बलिउडका मिस्टार पर्फेक्टसनिष्ट आमिर खानको अडिसनमा फेल भएको कमैलाई थाहा छ। यसको खुलासा वरूण स्वयमले गरेका हुन् ।
'स्टुडेन्ट अफ दि इयर'बाट बलिउडमा डेब्यू गरेका वरूणले त्यस अघि दुई ठूला फिल्मका लागि अडिसन दिएका थिए जसमा उनी फेल हुनपुगेका थिए । उनी आमिर खान पत्नीको निर्देशकिय डेब्यू 'धोबीघाट' र हलिउड प्रोजेक्ट 'लाइफ अफ पाइ'मा छनौट हुन असफल भएका थिए। उनले आमिरको फिल्मका लागि कसेलाई नभनी अडिसन दिएका थि। पछि उनका बाबुले थाहा पाएपछी फिल्म आउन बरूण तयार नभइसकेको भन्दै नाम फिर्ता लिइएको थियो। सो रोलमा पछि प्रतिक बबरले अभिनय गरे।
'लाईफ अफ पाई'मा पनि उनी फेल भए, सो रोल पछि सूरज शर्माले खेले। पछि उनलाई करण जोहरले 'स्टुडेन्ट अफ दि इयर'बाट लन्ज गरे। फिल्मले उनलाइ बलिउडमा गतिलो डेब्यू गरायो। आफ्ना बाबु बलिउडका दिग्गज निर्देशक भए पनि आफ्ना बाबुले आफूलाई लन्ज नगराउने आफूलाई थाहा भएको वरूणले आफ्नो अन्तरवार्तामा बताउँदै आउने गरेका छन् । बलिउडमा आउने हुटहुटीमा उनले ती फिल्मका लागि अडिसन भरेका थिए।
बलिउडमा आएपछि भने उनका पिताले उनलाई दुई फिल्म 'मै तेरा हिरो' र 'जुडुवा २'मा एक्सन कट भनिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।