• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बिपीको डायरी : राजाको प्रत्यक्ष शासनको पूर्वाभास

64x64
नेपाल लाइभ मंगलबार, भदौ २४, २०७६  १३:४५
1140x725

[विश्वेश्वरप्रसाद कोइराला राजनीति र नेपाली साहित्यमा धेरै सम्झना गरिने नाम हो। उनी नेपाली कांग्रेसको राजनीतिमा जीवनभर सक्रिय रहे। महत्वपूर्ण राजनीतिक जिम्मेवारीमा रहँदासमेत  साहित्यमा राजनीति प्रवेश हुन दिएनन्। त्यसैले पनि नेपाली साहित्यमा उनका कृतिहरु कालजयी बन्न सफल छन्। 

बिपीले विभिन्न समयमा (२००८-२०१३)  कोरेका डायरीको संकलन 'बिपी कोइरालाको डायरी' भरखरै प्रकाशन भएको छ। आज बिपीको जन्मजयन्तीको सन्दर्भ पारेर उक्त डायरीबाट केही अंश साभार गरेका छौं। -सम्पादक]

OOO

१९५५, ४ जनवरी (२० पुस २०११) 
वीरगन्जः जयनगरबाट हामी श्रमिकहरूको एउटा र्‍यालीमा भाग लिनका लागि वीरगन्ज पुग्यौँ। मलाई हलुका ज्वरो र झाडापखाला थियो। 

५ जनवरी (२१ पुस २०११) 
वीरगन्जः काठमाडौँमा १० जनवरीबाट सुरु हुने सत्याग्रहका बारेमा एउटा सभामा बोल्नु थियो। गणेशमानजीले मलाई भन्नुभयो, मैले त्यस दिन साह्रै राम्रो उद्घोषण गरेँ जुन उहाँले यसअघि कहिल्यै सुन्नुभएको थिएन। 

६ जनवरी (२२ पुस २०११) 
वीरगन्जबाट काठमाडौँः सूर्य विक्रमजी भारतबाट सपरिवार काठमाडौँ बसाइँ सर्दै थिए। भारतमा उनी जागिरबाट सेवानिवृत्त भइसकेका थिए र अब नेपालमै बस्न चाहन्थे। उनमा देखिएको यो देशभक्तिपूर्ण विचार निकै सराहनीय थियो। हामीसँगै वीरगन्जबाट काठमाडौँसम्म गयौँ। 

७ जनवरी (२३ पुस २०११) 
अर्को दिनबाट सुरु गर्ने भनिएको सत्याग्रहका सम्बन्धमा युवराजसँग भेटवार्ता भयो। उनको विचार कठोर थियो।

१० जनवरी (२६ पुस) 
मैले एउटा विशाल सभामा सत्याग्रहको सुरुवात गरेँ र एक विशाल जुलुसको नेतृत्व गरेँ। यसको उद्देश्यमा पहिलो– स्वतन्त्रता र जीवन र सम्पत्तिको सुरक्षा थियो। दोस्रो– शीघ्र निर्वाचन, तेस्रो– सस्तो चामल, चौथो– स्वतन्त्र न्यायपालिका, पाँचौँ– मुद्राको स्थिरीकरण र छैटौँ– स्वाधीनता थियो। सत्याग्रह नेपालका लागि नयाँ विधि थियो। त्यो दिनको सफलता अपार रह्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

११ जनवरी (२७ पुस) 
हडताल। कम्युनिस्ट पार्टीबाट केही ठाउँ इँटा प्रहार। साँझ युवराजले भेट्न बोलाए। उनी र म एउटा सहमतिमा पुग्यौँ। चिठीको आदानप्रदान भयो। सत्याग्रह स्थगित भयो। 

१२ जनवरी (२८ पुस) 
काठमाडौँः कम्युनिस्ट पार्टीले हाम्रो र टंक प्रसादजीको पार्टीका विरुद्ध प्रदर्शन गर्‍यो। यिनीहरू जनतामा देखिएको उत्साहको फाइदा उठाउन चाहन्थे। 

१७ जनवरी (४ माघ) 
पोखराः त्यहाँका मुख्य समस्या यी थिए- बाटुलीचौरमा खानेपानी, लम्जुङमा बाढीपीडितको समस्या (१९५१), माडीमेतीमा झोलुङ्गे पुल, कर्फुटारमा हुलाक। मैले यहाँ कार्यकर्ताको एक भेलालाई पनि सम्बोधन गरेँ। 

१८ जनवरी (५ माघ)
पोखरा। साँझ कन्काई डाँडामा शोभा मोहनजीका घरमा बास बसियो। 

Xtrem

Xtrem

१९ जनवरी (६ माघ) 
पोखराबाट काठमाडौँ फिर्ता। 

२ फेब्रुअरी (२० माघ) 
भद्रकाली, टंकप्रसाद र बालचन्द्रले नेपाल प्रजा परिषद्मा विलयको घोषणा गरे। भद्रकाली अध्यक्ष भए। उनीहरूसँग भारतीय पक्षको आशीर्वाद थियो। 

३ फेब्रुअरी (२१ माघ) 
मलबाराको बाटो, पटनाबाट लखनऊ प्रस्थान। केही समयका लागि बनारसमा रोकियौँ। बनारसबाट लखनऊ भने मैले प्रा जीडी शास्त्रीसँग यात्रा गरेँ। 

४ फेब्रुअरी (२२ माघ) 
मलबारामा श्रमिक र्‍याली। 

८ फेब्रुअरी (२६ माघ) 
काठमाडौँः मैले एचपीलाई उनकै निवासमा भेटेँ। युवराज नाइसतर्फ लागे जहाँ उनका पिता निकै गम्भीर अवस्थामा बिरामी छन् भन्ने खबर थियो। उनी १६ तारिख फिर्ता आउने भनिएको थियो। यता टंकप्रसाद र भद्रकालीलाई मन्त्रिपरिषद्‌बाट  निष्कासन गरिन सक्ने हल्लाले सहर तरंगित थियो। परामर्श मण्डल भंग गयो। संकट गहिरिँदै गयो। 

१० फेब्रुअरी (२८ माघ) 
भद्रकाली र टंकप्रसादलाई मन्त्रिपरिषद्‌बाट अपदस्त गरियो। 

१५ फेब्रुअरी (४ फागुन २०१०) 
मैले ठूल्दाजुका अगाडि राखेको सर्त थियोः पार्टी विघटन गर, हाम्रोसँग विलय गर अथवा हामीले सरकार बनाएको खण्डमा हामीलाई समर्थन गर्छौं भन्ने घोषणा गर। उहाँले भन्नुभयो। उहाँले दोस्रो सर्त मान्नुहुनेछ। तर पहिलो भने मान्न सक्नुभएन। 

१६ फेब्रुअरी (५ फागुन २०१०) 
काठमाडौँः भारतीय राजदूतसँग लामो भेटवार्ता भयो। मैले उनलाई भने- नेपाल प्रजा परिषद् बिना आधारको पार्टी हो। र, हामी ऊसँग मिलेर समानताको आधारमा सरकार बनाउन सक्दैनौँ। नेपाल प्रजा परिषद्चाहिँ भारतकै संरक्षणमा रहेको पार्टी हो। यो सबै व्यवस्था ठूल्दाजुका विरुद्ध गरिएको थियो। हामीले सरकार बनाउनुपरेको खण्डमा म उनीहरूसँग न्यूनतम साझा कार्यक्रमका लागि समर्थन माग्नेछु। त्यसभन्दा बढी म केही गर्न पनि तयार छैन भनेर मैले स्पष्टै भनेँ। 

उता युवराज नाइसबाट फर्किए। उनी बिरामी बुवाको हेरचाहका लागि त्यता गएका थिए। भनियो, राजाको अनुपस्थितिमा उनी काम गर्ने पूर्ण अख्तियारी लिएर फर्केका थिए। 

मैले महिला संघको एउटा सभालाई सम्बोधन गरेँ। साँझ बेलायती राजदूतसँग खाना खाइयो। भारतले नेपाल प्रजा परिषद्लाई समर्थन गर्ने भनेपछि ठूल्दाजु निकै दुःखी हुनुभएको थियो। 

१७ फेब्रुअरी (६ फागुन) 
युवराजले आफ्नो बुवालाई भेटेर कस्तो रहस्यमय सन्देश बोकेर आए भन्नेबारे सबैमा चासो थियो। मातृका भने आफू सरकारमा रहिरहनेबारे विश्वस्त हुनुहुन्थ्यो। भद्रकाली समूहलाई लाग्थ्यो कि मातृका सरकारको स्थानमा अब अर्को गठबन्धन सरकार आउँछ जसको एक घटक उनी आफैँको पार्टी पनि हुनेछ। तर अनिच्छुक देखिए। सैनिक शासनको कुरा पनि चल्यो। परामर्श मण्डलको शासन, काङ्ग्रेस सरकारको सम्भावना तथा राजाको प्रत्यक्ष शासनजस्ता सम्भावनाका कुरा चले। वातावरण जालसाजी र अन्योलले भरियो। 

१८ फेब्रुअरी (७ फागुन) 
युवराजले पूरा शक्ति आफ्नो हातमा लिए। राजाबाट उनलाई पूर्ण अधिकार दिइएको पत्र एसपीले अपराह्नमा पढेर सुनाउनुभयो। युवराजले चार वटा विभाग आफ्नो प्रत्यक्ष नियन्त्रणमा राखे। उनले राष्ट्रको नाममा गरेको सम्बोधनमा बिहान एसपीले दिएको सन्देशको आलोचना गरे। र, आफू वर्तमान सरकारसँग पनि असन्तुष्ट रहेको कुरा अप्रत्यक्ष रूपमा व्यक्त गरे। चार विभाग आफ्नै हातमा लिनु भनेको, एक प्रकारले मातृका सरकारसँगको सिधा टक्कर थियो। सम्भावना यो पनि थियो, युवराजले ठूल्दाजुलाई भ्रष्टाचारको आरोपमा कार्यवाही गर्न सक्थे। युवराज र ठूल्दाजुबीचको मतभेद सतहमै आएको थियो। यो साह्रै अस्वस्थ स्थिति थियो।

युवराजले चार वटा विभाग आफ्नो हातमा लिनु भनेको एक प्रकारको प्रतिगामी कदम थियो। यो एक प्रकारले राजाको प्रत्यक्ष शासनको पूर्व–अभ्यास पनि हुन सक्थ्यो। 

२१ फेब्रुअरी (१० फागुन) 
युवराजले एक रेडियो सन्देशमार्फत कुशल शासनका लागि विभिन्न राजनैतिक पार्टी र सामाजिक संस्थाहरूबाट सुझावका लागि आह्वान गरे। यो सूचना षड्यन्त्रको पराकाष्ठा थियो। युवराजमार्फत छलपूर्ण हातहरू नेपालको नियतिलाई डोर्‍याउन उद्यत भएको देखिन्थ्यो। पहलहरू राजनैतिक पार्टीलाई बाहिर राखेर गरिँदैथ्यो। यस्ता कदमले थप अन्योल मात्रै सिर्जना गरिरहेका थिए। 

२३ फेब्रुअरी (१२ फागुन) 
काठमाडौँबाट पटनाः पटना पुगेपछि मैले थाहा पाएँ। मैले पछिल्ला पन्ध्र दिनमा ११ पाउण्ड वजन गुमाएको रहेछु। म निकै कमजोर भएको थिएँ। 

२ मार्च (१९ फागुन) 
ठूल्दाजुलाई प्रधानमन्त्री पदबाट पदमुक्त गरे युवराजले। उहाँ सधैँ मेरा विरोधी भएको भए पनि मलाई यस कदमले ज्यादै दुःखी तुल्यायो। मसँग उहाँका प्रति कुनै पनि द्वेष थिएन। मलाई आज बुवाको याद धेरै आयो। उहाँलाई जुन षड्यन्त्रले पदबाट आजभन्दा तीन वर्षअगाडि हटाएको थियो, त्यही षड्यन्त्रले आज ठूल्दाजुलाई हटाएको थियो।

तीन वर्षअगाडि ठूल्दाजुले मेरा विरुद्ध षड्यन्त्र रचिरहनुभएको थिए। आज म उहाँप्रति समवेदनाले ओतप्रोत थिएँ। सुशीलालाई पनि उहाँको स्थिति सुनेर नमज्जा लाग्यो। सम्पूर्ण कोइरालाहरू विरुद्ध पनि षड्यन्त्रहरू चलिरहेका थिए। यो पनि निश्चित थिएन कि ठूल्दाजुको ठाउँ अब कुनै राम्रो व्यक्तिले लिनेछ। युवराजको गतिविधि साह्रै शंकास्पद थियो। उहाँले चालेका कदमहरू अस्वस्थ थिए। 

४ मार्च (२१ फागुन) 
काठमाडौँः म काठमाडौँ पुग्नासाथ ठूल्दाजुलाई भेट्न गएँ। उहाँ निकै नै खुसी देखिनुहुन्थ्यो। उहाँले भन्नुभयो, केही दिन उनका घरका बिजुली काटियो, र उहाँमाथि दुर्व्यवहार पनि गरियो। उता डिल्लीबजारका जनताले भने उहाँलाई अपदस्त गरिएकोमा खुसी व्यक्त गरे। 

यसैबीच नोना उपचारका लागि काठमाडौँ आइन्। 

५ मार्च (२२ फागुन) 
मदिरा पिएर लट्ठ भएका पदमबहादुर शाहले तुच्छ व्यवहार गरे। म र वसन्त राति १ बजेसम्म जागै रह्यौँ।

['बिपी कोइरालाको डायरी' शिखा बुक्सले प्रकाशनमा ल्याएको हो]

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात, बाढी प्रभावितका लागि १ अर्ब निकासा
समानान्तर महाधिवेशनका लागि देउवा समूहको पनि तयारी तीव्र, ४८ जिल्लामा संयोजक तोकिए
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात, बाढी प्रभावितका लागि १ अर्ब निकासा बिहीबार, असोज ८, २०८३
समानान्तर महाधिवेशनका लागि देउवा समूहको पनि तयारी तीव्र, ४८ जिल्लामा संयोजक तोकिए बिहीबार, असोज ८, २०८३
भारी वर्षाको सम्भावना, इलाममा राति सवारी आवागमन बन्द बिहीबार, असोज ८, २०८३
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्