complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

रसुवामा हाइब्रिड बिउको प्रभावले रैथाने बिउ हराउँदै

64x64
नेपाल लाइभ सोमबार, माघ २२, २०७४  १८:१३
1140x725

रसुवा– रसुवामा हाइब्रिड जातका बिउको अधिक प्रयोगले रैथाने बिउ हराउँदै गएको पाइएको छ। 

आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्चले जिल्लाको कालिकास्थानमा आयोजना गरेको कार्यशालामा सहभागी किसान यस्तो बताएका हुन्। 

परम्परागत रुपमा खेती गरिँदै आएको कालोमास, मुगी, मस्याङ्, कालो र खैरो गहत, मुसुरो, खेसरी, जाँते फर्सी, मकै सिमी, ताम्रा सिमी, लेकाली छिरबिरे र सेता सिमी लोप हुँदै गएको कालिका गाउँपालिकास्थित कटुन्जेका तुलसीप्रसाद खतिवडाले बताए।  

त्यसैगरी, पहिले मन्सरा, कालो काठे, मालभोग, भुन्टे, इन्द्रबेली, थानकोटे, भंगेरी, दर्माली, सिन्जाली, सिक्रे मार्सी, बुङताङी, अनदी, घैया, आँगा, आँपझुत्ते, बयली, रातो मार्सी, पाटीखर्के, बासमती, ठाडे कृष्णभोग, कृष्णबेली, आश्राङे, झिनुवा मसिनु, पोखरेली धान मासिएको छ भने सठिया, अर्चले, कोर्चे, ढिँडे, सठीय, भिर्कौंले, मकै, सेतो, जौनले सेतोकात्तिके डल्ले, चौरे, मंसिरे, झ्यात्ले, बर्लाबोटे, पहेँलो, सेतो कोदा, यसअघि पाइने कागुनो, जुनेलो, लट्टेका बिउ मासिँदै गएको खतिवडाले बताए।  

उनले भने, ‘पहिले पहिले बिउहरु जोगाउन कोदोमा कीरा नलाग्ने भएकाले मकै र कोदो मिसाएर राख्ने गरिन्थ्यो। राम्रो र सक्कली खालको बिउहरु घाममा राम्ररी सुकाएर छुट्टै भकारी वा बोरामा राख्ने गरिन्थ्यो। गाग्रो, मधुस, ठेकी, बाँका, भुड्का, सफा कपडामा पोको पारेर राख्ने चलन थियो। खै, अहिले त गाउँमा ती चलन हराइसके।’

लगानी अनुसारको प्रतिफल नआउने भएकाले रैथाने बिउको प्रयोग गर्न छोडिएको कालिका गाउँपालिका ३ का किसान खुवाप्रसाद न्यौपानले बताए। 

उनले भने, ‘दस वर्ष अघिसम्म भुन्टे मसिनो धान खेती गर्दा दुई पाथी बिउले पाँच मुरीसम्म फल्थ्यो, त्यस्तै शंकर जातको हाइब्रिड लगाउँदा १२ मुरी फल्यो। त्यही जमिनमा अहिले २० क्विन्टल आलु फल्यो।’

अगुवा किसान गोमा न्यौपाने भन्छिन्, ‘पहिले पहिले मिश्रित बाली लगाइन्थ्यो । अहिले त्यस्तो हुन छाड्यो, फल्नै छाड्यो। कोदो, मकै बारी भित्र बोडी, मस्याङ, गहत, पिँडालु, रहर, खेसर लगाइन्थ्यो, राम्रो फल्थ्यो। तर, अहिले रासायनिक मल प्रयोग गर्न थालिएपछि यस्ता खेतीहरू कता हरायो–हरायो, खेतीको आलीमा फलिने मास र भटमास समेत विस्तारै हराउँदै गयो।’

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय बिउ संरक्षण नगर्दा तत्काल असर नदेखिए पनि दीर्घकालीन रुपमा यसले ठूलै चुनौतीको सामना गर्ने अगुवा किसान भवनाथ पौडेलले बताए। 

उनले भने ‘अहिले तत्कालै धेरै फाइदा हुने देखेर हाइब्रिड बिउको त प्रयोग बढाएका छौं। तर, विदेशबाट बिउ आउन छाडेमा हामी भोकै पर्नुपर्ने हो कि जस्तो लाग्छ।’ 

हाइब्रिड बिउ बजारमा सजिलै उपलब्ध हुने र थोरै समयमा धेरै आम्दानी लिन सकिने भएपछि किसान हाइब्रिड बिउतर्फ आकर्षित भएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका संयोजक विश्वास नेपालीले बताए। 

उनले भने, ‘अहिले जिल्ला भरि नै हाइब्रिड बिउको पयो भएको हामीले पनि देखेका छौं। बाली लगाउने समयमा परिवर्तन, बिउलाई जोगाउन कठिन पर्दै गएपछि रैथाने बिउ लोप हुँदै हाइब्रिड बिउको प्रयोग बढ्न थालेको पाइयो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिउ जोगाउन अगुवा किसानको चासो

आयातीत बिउको प्रयोग बढेसँगै रैथाने बिउ विस्थापित भएको भन्दै संरक्षण गर्न रसुवाका अगुवा किसानहरुले चासो देखाएका छन्। रैथाने बिउबाट कम उत्पादन हुने, थोरै समयमा धेरै आम्दानी लिन सकिने भन्दै बजारमा आधुनिक, हाइब्रिड बिउ बढेकाले परम्परागत बिउका लागि जलवायु परिवर्तनको असरबारे छलफल गर्न थालेका छन्। 

स्थानीय अनुभवी किसानका अनुसार, पहिले–पहिले रैथाने बिउ जोगाउन बाँका, मधुस, भकारीको प्रयोग गरिन्थ्यो। तर, आजकल त्यस्ता बिउहरू जोगाउन सकिने अवस्था नै नरहेको किसानहरुले नै बताउन थालेका छन्। 

‘रोग–कीराले आक्रमण गरिहाल्छन्’, किसान घाटामा अगुवा किसान पौडेलले भने बिउ जोगाउन अति जरुरी भइसकेको छ, यसका लागि किसान पनि चिन्तित हुनु जरुरी छ भने सरकारले पनि सहयोग गर्नुपर्ने देखिन्छ।

त्यस्तै, क्षणिक आम्दानी बढी देखेर हाइब्रिड बिउले परनिर्भता बढाएको नौकुण्ड गाउँपालिका ५ का अगुवा किसान खिलनाथ पौडेलले बताए। 

उनले भने, ‘पहिलेको चामल पकाउँदा गाउँभरि बास्ना आउने गथ्र्याे, खाँदा कति मीठो हुन्थ्यो, भोक चाँडै लाग्ने थिएन। कालो काठे, मालभोग, भुन्टे, इन्द्रबेली, अनदी, घैया, आँगा, आँपझुत्ते जातका धान मासिएको छ।’

बिउ संरक्षणमा स्थानीय सरकारले पनि चासो नदिए पुराना बिउ लोप भएर नयाँ पुस्ताले थाहा नपाउने हुँदा अगुवा किसानले संरक्षणका लागि जोड दिएका छन्।

प्रकाशित मिति: सोमबार, माघ २२, २०७४  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्