काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सिंगापुरमा स्वास्थ्य उपचार गराई प्रधानमन्त्री ओली स्वदेश फिर्ता, अवस्था सामान्य, नियमित कामलाई निरन्तरता दिन सक्ने।
२) राजनीतिक परिवर्तन जोगाउन आर्थिक क्षेत्रको प्रगति आवश्यक रहेको नेकपा अध्यक्ष दाहालको भनाइ, निजी क्षेत्रलाई विश्वासमा लिँदै आर्थिक समृद्धिको यात्रा सफल बनाउन सरकारको ध्यानाकर्षण।
३) जघन्य अपराधका घटना हुन नदिन सरकारले आवश्यक प्रयास गरिरहेको गृहमन्त्री थापाको दाबी, भन्छन्- मानव बेचविखन नियन्त्रणका लागि गम्भिरतापूर्वक काम भइरहेको छ।
४) यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित, नेपालको मध्यम बलिङ कमजोर ब्याटिङ।
५) जिम्बाबेका पूर्वराष्ट्रपति मुगाबेको ९५ वर्षको उमेरमा निधन, उपचारका क्रममा सिंगापुरमा निधन भएको परिवारद्वारा पुष्टि।
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।