नयाँ दिल्ली (एजेन्सी)–वित्तमन्त्री अरुण जेटलीले विहिबार आगामी वर्षको बजेट भाषण गरेपछि भारतमा मोबाइल फोनको दाम बढ्ने देखिएको छ। सरकारले यसअघि विदेशबाट आयातीत मोबाइल फोनको भन्सार मूल्य १५ प्रतिशत तोक्ने गरेको थियो। जसलाई बढाएर २० प्रतिशत बनाइएको छ।
सरकारको नयाँ बजेट घोषणासँगै एप्पलजस्तो महंगो ब्रान्डको शुल्क थप बढ्ने देखिएको छ। यस्तै, साओमी र श्यामसङ मोबाइलको दाम पनि बढ्ने देखिन्छ। यही वर्षको सुरुवातमा आयातीत उपकरणमा सरकारले १० प्रतिशत भन्सार शुल्क लगाएको थियो। पछि यसलाई बढाएर १५ पुर्याइयो र आगामी बजेटमा २० प्रतिशत बनाइएको छ। गत वर्ष भारतमा ३ अर्ब मोबाइलको सेटमध्ये केही प्रतिशत मात्र देशभित्र एसेम्बल गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।