काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) प्रधानमन्त्री ओलीद्वारा दोस्रो पटक भिडियो कन्फ्रेन्समार्फत् मन्त्रीहरूसँग छलफल, सरकारका काम कारबाही प्रभावकारी बनाउन निर्देशन
२) संसदले खरिद गरेका गाडीमा आर्थिक अनियमितता नभेटिएको प्रतिवेदन, प्राविधिक कमजोरी भएका गाडी फिर्ता नलिए आपूर्तिकर्तालाई कारबाही सिफारिस
३) नागरिकता विधेयकमा संसदीय उपसमितिको प्रतिवेदनप्रति सदस्यकै आपत्ति, छलफल बिनै प्रतिवेदन तयार पारिएको भन्दै स्वीकार्य नहुने अडान
४) भारतीय तीव्र गतिका बलर मोहम्मद सामीलाई अदालतको गिरफ्तारी वारेन्ट, घरेलु हिंसा गरेको आरोप
५) र, दक्षिणी क्यालिफोर्नियाको सान्टाक्रुज द्वीपमा सवार डुंगामा आगलागी, २५ जनाको मृत्यु ९ जना बेपत्ता
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।